बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, ०९ कात्तिक २०७८, १७ : ०९
मङ्गलबार, ०९ कात्तिक २०७८

गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ६११ जनामा गरिएको नमूना परीक्षणमा ८७ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ४५ महिला ४२ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ३७, स्याङ्जा १२,बागलुङ १, म्याग्दी ७,पर्वत ३, गोरखा २, लमजुङ १४, तनहुँ ३ र नवलपरासी पूर्वमा ८ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ९४ पुगेको छ । 

गण्डकीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–६ का ४३ बर्षिय पुरुष, तनहुँको ब्यास–४ का ६७ बर्षिय पुरुष र तनहुँ शुक्लागण्डकी नगरपालिका –१० की १७ बर्षिय कोरोना संक्रमित महिला रहेकी छन् । कोरोना संक्रमित तीनै जनाका पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३९३ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौबिस घण्टामा ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८५ हजार २७५ पुगेको छ भने होम आइसोलेसनमा ३०७ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ४२६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप