बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘दोहोरी च्याम्पियन’को फाइनल पोखरामा हुने

मङ्गलबार, ०९ कात्तिक २०७८, १७ : १९
मङ्गलबार, ०९ कात्तिक २०७८

रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम स्पर्धा आगामी शनिबार पोखरामा आयोजना हुँदैछ । बाराही घाटमा आयोजना हुने फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिड्दैछन् । फाइनलमा पुगेको टिममा एक प्रकाश पराजुली र मीना बुढाथोकीको टीम रहेको छ, भने अर्काे बालचन्द्र बराल र शोभा कार्कीको टीम रहेको छ । यी मध्य विजेताले शीर्ष उपाधि उठाउने छ भने पराजित दोस्रो घोषित हुनेछ ।​

स्पर्धामा तेस्रो पोजिसनका लागि भने सविन आचार्य र रीता राउतको टीमसँग राजेन्द्र पाठक र मीना नेपालको टिम भिड्नेछ । दर्शकको मतका आधारमा समेत बिजेता छानिने भएकोले आयोजक भोटिङ राउण्ड खुला गरेको छ । आफ्नो पक्षमा भोट गराउन प्रतियोगी अहिले अभिनयमा जुटेका छन् ।

प्रजापति पराजुली, सीता थापा, गीतकार रमेश बि.जी र चन्द्र शर्मा निर्णायक रहेको स्पर्धामा डिजिटल अडिसन ३५ टिम छानिएका थिए । त्यसपछि फिजिकल अडिसनमार्फत २४ टिम छानिएका थिए । सोमा प्रथम हुने टीमले २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त, दोस्रोले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन र तृतीय हुनेले ३ लाख प्राप्त गर्नेछन् । सोका सान्त्वना हुने टीमले २ लाख समेत पाउने आयोजकले जनाएको छ । गायक बद्री पंगेनी र गायिका प्रीति आले संचालक गर्दै आएको शो नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राती ८ः५० मा प्रसारण हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप