शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अधिवेशनमा धरहरासहित ओलीको प्रचार (फोटो/भिडियो)

काठमाडौँ महानगर कमिटीको अधिवेशनमा जे देखियो
मङ्गलबार, ०९ कात्तिक २०७८, १८ : १६
मङ्गलबार, ०९ कात्तिक २०७८

मंगलबार काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह एमालेको झण्डा, चुनाव चिन्ह र पार्टी अध्यक्ष केपी ओलीको तस्विरले रंगिएको थियो । सभाहल बाहिर तथा भित्र ठाउँठाउँमा धरहरा र रानीपोखरीको फोटोसँगै ओलीको फोटो अंकित फ्लेक्स ब्यानर टाँसिएको थियो । जहाँ धरहरा र रानीपोखरीलाई केपी ओलीको परिपूरकका रुपमाझै प्रचार गरिएको थियो ।  एमालेले मंगलबार देशभरका ७ सय ५३ स्थानीय तहमा एकसाथ पालिकास्तरीय अधिवेशन गरेको हो । अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट ती अधिवेशनहरूलाई एकैसाथ सम्वोधन गरेका थिए । 

राष्ट्रिय सभागृहको हलमा अधिवेशनका प्रमुख अतिथि थिए पार्टीका महासचिव ईश्वर पोखरेल । उनले जुन बेला सम्बोधन गरिरहेका थिए, त्यही बेला ओलीले भर्चुअल रुपमा सम्बोधन गर्ने बेला परेको थियो । जसका कारण पोखरेलले लामो सम्बोधन गर्न पाएनन् । 

उनले पार्टीको नीति नै पार्टीको हरेक तहमा सर्वसम्मतिले पदाधिकारी चयन गर्ने रहेको बताउँदै नगर कमिटीमा नअटेका व्यक्तिहरुका लागि पार्टीको अन्य संरचनामा समावेश गर्ने उल्लेख गरे । उनले नेपालमा सप्तरङ्गी झै विविधता रहेको बताउँदै समावेशी ढंगको कमिटी निर्वाचित गर्न आग्रह गरे । पोखरेलले महिला नयाँ कमिटी निर्वाचन गर्दा महिला प्रतिनिधित्व हुनुपर्ने स्थानमा पुरुष पदाधिकारी नराख्न आग्रह गरे । महिलाको योग्यता नपुगेर कुनै पदमा ठाउँ खाली भए त्यसमा पुरुष पदाधिकारी नराखी महिलाका लागि सिट सुनिश्चित गर्न आग्रह गरे । साथै पार्टीले २०७४ सालको निर्वाचनमा पाएको सफलता भन्दा माथिल्लो स्तरको सफलता दिलाउन पनि आग्रह गरे । 
ओलीले भर्चुअल रुपमा गरेको सम्बोधन हेर्नका लागि हलमा डिजिटल डिस्प्लेको व्यवस्था गरिएको थियो । 

सर्वसहमतीको नारा, पदाधिकारी चयनमा विवाद नहुने कार्यकर्ताको दावी
काठमाडौं महानगरको अधिवेशनमा आएका एमाले प्रतिनिधिहरुले पार्टीको नीति नै सर्वसहमति गरेर जाने भएकोले नेतृत्व चयनमा विवाद नहुने बताइरहेका थिए । कतिपय कार्यकताहरु नयाँ पदाधिकारीहरु अगाडि नै तयार पारिसकेकोले घोषणा गरेर जाने काम हुने बताइरहेका थिए । 

काठमाडाैं महानगरपालिका वडा नम्बर ३१ की अध्यक्ष हुमादेवी अर्यालले पार्टीको निर्देशन अनुसार सबैलाई मिलाएर सर्बसहमतीबाट पदाधिकारी चयन गरेको जानकारी दिइन् । उनले भनिन्, ‘पार्टीको निर्देशन अनुसार, महिला, जनजाती, अपाङ्ग सबैलाई मिलाएर कमिटीहरु निर्माण गरेका छौँ । आगामी निर्वाचनलाई लक्षित गरी कसले नेतृत्व गर्न सक्छ त्यस्तो व्यक्तिलाई नेतृत्वको रुपमा हेरिरहेकोले सर्बतसम्म रुपमा नेतृत्व चयन हुन्छ ।’ उनले पार्टीमा कसैलाई पनि पक्षपात नगरी अगाडि बढ्ने बताइन् ।

महाधिवेशनका प्रतिनिधि अशोक बज्राचार्यले माथिल्लो तहबाटै सहमति गरेर जानु भन्ने निर्देशन अनुसार सहमतिमा नेतृत्व चयन गरेर जाने बताए । 
हेर्नुहोस् भिडियो :  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप