बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीन महिनाभित्र दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने उद्घोष

मङ्गलबार, ०९ कात्तिक २०७८, १८ : २८
मङ्गलबार, ०९ कात्तिक २०७८

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले मंगलबार पदभार ग्रहण गरेका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले क्षेत्रीलाई महानिर्देशकमा नियुक्त गरेको हो । 
पदभार ग्रहणसँगै क्षेत्रीले पहिलो कामको रुपमा तीन महिनाभित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने उद्घोष गरेका छन् ।

‘तीन महिना, तीन काम’ मेरो पहिलो प्राथमिकता भैरहवा विमानस्थल र पोखरा विमानस्थल हुनेछ । यी दुई अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम तीन महिना भित्र सकेर सञ्चालनमा ल्याउने छु’ महानिर्देशक क्षेत्रीले रातोपाटीसँग भने ।
यस्तै, अघिल्लो सरकारकै पालमा शुरु गरिएको बुटिक विमानस्थलको अवधारणामा स्तरउन्नती हुँदै गरेको त्रिभुवन विमानस्थलको बाँकी काम समेत जतिसक्दो छिटो सक्ने क्षेत्रीले बताए । 

यसअघि क्षेत्री क्यानका निमित्त महानिर्देशक थिए । क्यानका निवर्तमान महानिर्देशक राजन पोखरेल निवृत्त भएसँगै कार्यवाहक निमित्तको जिम्मेवारी पाएका क्षेत्रीले आजबाट फूल महानिर्देशकको जिम्मेवारी पाएका हुन् । प्राधिकरण सञ्चालन तथा कर्मचारी व्यवस्थापन ऐनमा संशोधन नभए अब क्षेत्रीको कार्यकाल ४ वर्षको हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप