शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अधिवेशन : सुर्खेतको वीरेन्द्रनगरका ११ वटा वडामा सर्वसम्मत नेतृत्व चयन

मङ्गलबार, ०९ कात्तिक २०७८, १८ : ४५
मङ्गलबार, ०९ कात्तिक २०७८

सुर्खेतको वीरेन्द्रनगरका ११ वटा वडाहरूमा एमालेको सर्वसम्मत नेतृत्व चयन गरिएको छ। विभिन्न कार्यक्रम गर्दै यी वडाहरुमा अधिवेशन सम्पन्न गरिएको हो  । जस अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ को अध्यक्षमा हरी पौडेल, २ मा लालसिंह सुनार, ४ नवराज कँडेल, ५ बासु आचार्य, ६ चक्र खड्का , ७ मा खड्ग दर्लामी, ८मा  देवी पौडेल, ९ मा धनबहादुर सलामीलाई चयन गरिएको छ। 
यस्तै १२ नम्बर वडाको अध्यक्षमा चूडामणि चपाइँ,१३ मा बासुदेव पौडेल र १४ मा नवराज रोकाय अध्यक्ष बनेका छन् ।

अब, ३, १०, १५ र १६ वडाको भने बाँकी रहेको एमालेका नेतृ तथा वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकालले जानकारी दिइन् । एमालेले कात्तिक ६ मै अन्य स्थानमा अधिवेशन गरेको भएपनि वीरेन्द्रनगरमा हुन सकेको थिएन। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप