बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महिन्द्राद्वारा ट्रियो इलेक्ट्रिक सार्वजनिक, प्रतिकिलोमिटर ०.८ रुपैयाँ मात्र खर्च

मङ्गलबार, ०९ कात्तिक २०७८, १८ : ४७
मङ्गलबार, ०९ कात्तिक २०७८

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो नेपाली बजारमा ल्याएको छ । विद्युतीय सवारी साधनको बढ्दो माग र प्रयोगलाई लक्षित गर्दै कम्पनीले पछिल्लो पटक नेपाली बजारमा ट्रियो नामक अटो ल्याएको हो । जसको ‘सफ्ट टप’ भेरियन्टमा मात्र ८ लाख ४० हजार रुपैयाँमा नै उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

भारती उत्पादनको ट्रियोमा लिथियम आयोन ब्याट्रीको प्रयोग भएको र यसले अधिकतम चार्ज बचत गर्दै प्रतिकिलोमिटर ०.८ रुपैयाँ भन्दा कमको खर्च निकाल्ने कम्पनीले बताएको छ । जसको बचत वार्षिक रुपमा पेट्रोलियम अटोको तुलनामा अधिकतम २ लाख हुन आउने कम्पनीको दाबी छ ।

महिन्द्रा ट्रियो १० हजार भन्दा बढी सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले हालसम्म झण्डै ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेको कम्पनीको भनाई छ ।

नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री व्हीलर सवारी साधनको शुभारम्भ गर्ने सही समय भएको छ । जुन महिन्द्राको ट्रियो अटोले थप आयाम थप्ने छ’ महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन मिश्रले भने ।

ट्रियो अटोमा टेलिमेटिक्स इकाई र जीपीएस, विन्डस्क्रिन र वाइपिङ सिस्टम, स्पेयर व्हीलको व्यवस्था छ । साथै, ड्राइभिङ मोडहरू एफएनआर (फरवार्ड, न्यूट्रल, रिभर्स), इकोनोमी र बूस्ट मोड, लक गर्न मिल्ने ग्लोभ बक्स, १२ भोल्ट सकेट, १५ एएमपी अफ–बोर्ड चार्जर, खतरा सूचक, रिभर्स बजर, शक्तिशाली हेडलाइटहरूका साथमा मजबुत सस्पेन्सनले सडकमा खाल्डाखुल्डी भएपछि सञ्चालनको क्रममा मेरुदण्डमा पार्ने असरलाई समेत रोक्ने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप