मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बुधबार, १० कात्तिक २०७८, १० : ५४
बुधबार, १० कात्तिक २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर १२० रुपैयाँ २४ पैसा रहेको छ ।  यस्तै, यूरोपियन यूरो एकको खरिद दर १३९ रुपैयाँ र बिक्री दर १३९ रुपैयाँ ६९ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६५ रुपैयाँ ३२ पैसा र बिक्री दर १६६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०२ पैसा र बिक्री दर १३० रुपैयाँ ६७ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८३ पैसा र बिक्री दर ९० रुपैयाँ २८ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर १० रुपैयाँ ५५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७५ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ ।  यस्तै, साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ९० पैसा र बिक्रीकर ३२ रुपैयाँ ०६ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिद दर अधिकतम ३२ रुपैयाँ ८६ पैसा र बिक्री दर ३३ रुपैयाँ ०२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप