शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेको अवरोध र नाराबाजी

बिहीबार, ११ कात्तिक २०७८, १४ : ४०
बिहीबार, ११ कात्तिक २०७८

नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकको सुरुमै बैठक अवरोध गरेका छन् । सभामुखको आसनअगाडि पुगेर उनीहरुले विभिन्न नारा लगाइरहेका छन् ।

बिहिबार दिउँसो २ बजे सुरु भएको प्रतिनिधिसभाको बैठकमा उनीहरुले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता जिन्दावाद, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाइरहेका छन् । 

सभामुख अग्निप्रसाद सापकोटाले संविधानको प्रावधान, प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था स्मरण गराउँदै सभा सञ्चालन गर्न अनुरोध गरेपनि एमालेका सांसदले नाराबाजी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप