बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१२ मिनेटमै सकियो प्रतिनिधिसभाको बैठक, अर्को बैठक कात्तिक २९ गते

बिहीबार, ११ कात्तिक २०७८, १४ : ४४
बिहीबार, ११ कात्तिक २०७८

नेकपा एमालेको अवरोधका कारण प्रभावित हुँदै आएको प्रतिनिधिसभाको बिहीबारको बैठक १२ मिनेट बसेर सकिएको छ । २ बजे सुरु भएको बैठकमा अघिल्ला बैठकमा झै आज पनि सुरुमै एमालेले अवरोध र नाराबाजी गरेको हो । 
सभामुख सापकोटाको आसन अगाडि पुगेर उनीहरुले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाए । 

एमालेको अवरोधकाबीच सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा  आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा राष्ट्रपति स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए ।  यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए । 

यस्तै प्रतिनिधिसभाको बैठकमा बिरामी भएर उपचारका कारण प्रतिनिधिसभाको १३ वटा बैठकमा अनुपस्थित भएका झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरीको अनुपस्थितिको सूचना स्वीकृत गरेको छ ।  सभामुख सापकोटाले कार्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् । 

आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई सभामुख सापकोटाले जोगाएको भन्दै एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनको १३ वटा बैठक अवरुद्ध गरिसकेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप