शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

शुक्रबार, १२ कात्तिक २०७८, १० : ४८
शुक्रबार, १२ कात्तिक २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १२० रुपैयाँ १८ पैसा रहेको छ ।  यस्तै, यूरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ ६५ पैसा र बिक्री दर १३९ रुपैयाँ ३५ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ४६ पैसा र बिक्री दर १६५ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, स्वीस फ्रेङ्क आज एकको खरिद दर १३० रुपैयाँ २३ पैसा र बिक्री दर १३० रुपैयाँ ८९ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८० पैसा र बिक्री दर ९० रुपैयाँ २६ पैसा रहेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५२ पैसा र बिक्री दर १० रुपैयाँ ५७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६९ पैसा र बिक्री दर १८ रुपैयाँ ७८ पैसा रहेको बैंकले जनाएको छ । 

यस्तै, साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ८८ पैसा र बिक्री दर ३२ रुपैयाँ ०४ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिद दर अधिकतम ३२ रुपैयाँ ८४ पैसा र बिक्री दर ३३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप