बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आर्यन आज जेलबाट बाहिरिन सक्ने : वकिलले भने, ‘शाहरुख खानको आँखामा खुुसीको आँसु देखियो’

शुक्रबार, १२ कात्तिक २०७८, ११ : १४
शुक्रबार, १२ कात्तिक २०७८

मुम्बईको आर्थर रोड जेलमा बन्द आर्यन खानका लागि भारतकै दिग्गज वकिल मुकुल रोहतगीको मद्दत लिने शाहरुख खानको निर्णय सही साबित भयो । तल्लो अदालतबाट दुईपटक जमानतको निवेदन खारेज भएपछि आर्यनलाई बिहिबार बेलुका जमानत दिइएको छ । निर्णय बेलुका आएका कारण आर्यन बिहिबार नै जेलमुक्त भने हुन सकेनन् । कागजी कारवाही पूरा भएपछि शुक्रबार आर्यन जेलबाट बाहिरिन सक्ने सम्भावना छ । यस्तो भएको खण्डमा उनी २६ दिनपछि मन्नत अर्थात् आफ्नो घरमा कदम राख्नेछन् ।

आर्यनले जमानत पाएपछि वकिल मुकुल रोहतगीले शाहरुख खान उनलाई भेट्न जाँदा उनको आँखाको आँसु भएको बताए । उनका अनुसार ती आँसु खुसीका थिए । उनले भने, ‘शाहरुखले अब राहतको सास फेरेका छन् । आर्यन अब शाहरुखको जन्मदिन (२ नोभेम्बर) मा परिवारसँग हुनेछन् र दिपावली पनि घरमा नै मनाउन सक्नेछन् ।’

मन्नतमा प्रशंसकको भीडः

आर्यनको जमानतको खबरपछि नै शाहरुख खानको बंगला ‘मन्नत’ बाहिर प्रशंसकको भीड देखिएको भारतीय सञ्चार माध्यमले बताएका छन् । बिहिबार अबेर राती केही प्रशंसकले आतिशबाजी पनि गरेका थिए । शुक्रबार पनि अत्यधिक भीड हुने सम्भावनालाई मध्यनजर गर्दै मन्नत बाहिर प्रहरीबल तैनाथ गरिएको छ ।

 यी ७ शर्तसहित आर्यनलाई जमानत दिइयोः

– आर्यन यी केसका अन्य कुनै पनि आरोपीसँगको सम्पर्कमा रहने छैनन् ।

– प्रमाणमाथि छेडछाड गर्ने छैनन् ।

– आफनो पासपोर्ट स्थानीय प्रहरीलाई दिनेछन् ।

– मिडियामा बयानबाजी गर्ने छैनन् ।

– अदालतको अनुमति बिना देश छोड्ने छैनन् ।

– आवश्यकता पर्दा एनसीबीलाई सहयोग गर्नेछन् ।

– यीमध्ये कुनै पनि शर्त उल्लंघन गर्दा जमानत रद्द गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप