रजनीकान्त अस्पताल भर्ना
शुक्रबार, १२ कात्तिक २०७८, ११ : ५४
अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित चेकअपका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । अभिनेता बिहिबार ४ः ३० मा अस्पताल पुगेका थिए ।
७० वर्षीय अभिनेता यस अगाडि २०२० मा हैदरावादको एपोलो अस्पताल भर्ना भएका थिए । थकान र रक्तचापमा उतारचढाव अनुभव गरेका कारण अस्पताल भर्ना गरिएको उनी दुई दिनमै डिस्चार्ज भएका थिए । मृगौला प्रत्यारोपण समेत गराइसकेका रजनीकान्त छिट्टै फिल्म ‘अन्नातेमा’ मा देखिनेछन् । फिल्म ४ नोभेम्बरमा रिलिज हुँदैछ । सन् पिक्चर्सले निर्माण गरेको फिल्म सिरुथाई शिवाले निर्देशन गरेका हुन् ।
रजनीकान्तले केही दिन अगाडि मात्र ५१ औं ‘दादासाहेब फाल्के’ पुरस्कार समेत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते