मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ नाम पछि तपाईंका लागि कत्तिको फेरिनेछ फेसबुक, तपाईंको सोसल मिडिया अकाउन्ट के होला ?

शुक्रबार, १२ कात्तिक २०७८, १४ : २६
शुक्रबार, १२ कात्तिक २०७८

हल्ला गलत थिएन । ९ दिन अघि फेसबुकको नाम फेरिने चर्चा जोडतोडका साथ भयो । कम्पनीले वार्षिक सम्मेलनमा नयाँ नामको घोषणा हुनसक्ने पनि बताइयो । यद्यपि, यो कुरालाई फेसबुकले ठाडो अस्वीकार गरेको थियो । अब ९ दिनपछि स्थिति ठ्याक्कै त्यस्तै भयो जस्तो चर्चा थियो । सोसल मिडिया कम्पनी फेसबुक अब मेटा नामले चिनिनेछ ।

 नाम फेरिँदा के फेसबुकको अकाउन्टमा केही असर होला ? फेसबुकसँग सम्बन्धित ह्वाट्सएप र इन्स्टाग्राममाथि यसको कुनै असर हुनेछ ? के मेटाका लागि प्रयोगकर्ताले छुट्टै अकाउन्ट बनाउनु पर्छ ? यी सबै प्रश्नको जवाफ यहाँ दिइएको छ ।

आखिर फेसबुकको नाम किन फेरियो ?

फेसबुक एउटा यस्तो कम्पनी हो जुन ह्वाट्सएप, इन्स्टाग्रामसमेत थुप्रै कम्पनीको पेरेन्ट कम्पनी हो । यस्तोमा अब मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्ग आफ्ना सबै साना–ठूला प्लेटफर्मलाई एउटा कम्पनीभित्र समाहित गर्न चाहन्थे । यसैकारण उनले मेटावर्स तयार गरे । मेटावर्स अब ९३ वटा कम्पनीको पेरेन्ट कम्पनी बनिसकेको छ । जुकरबर्ग प्रविधिको सुरुमा आफूहरुले गरेको र आफूहरु यो रेसमा पछि हट्न नचाहेको बताउँछन् । यसै कारण मेटावर्स तयार गरिएको हो ।

पछिल्ला केही महिनादेखि फेसबुक लगातार कुनै न कुनै विवादले घेरिरहेको हुन्छ । कम्पनीकै थुप्रै पूर्व कर्मचारीले यसको नीति नियमबारे गम्भीर खुलासा गरेका छन् । थुप्रै संस्थाले यसलाई फेकबुक नाम दिएका छन् । यस्तोमा नाम फेरिँदा कम्पनीको विषयमा हुने नकारात्मकता थोरै कम हुनसक्छ । मेटावर्समाथि फेसबुकले मात्रै नभई माइक्रोसफ्टजस्ता ठूला कम्पनीले पनि लगानी गरिरहेका छन् ।

मेटावर्स के हो र फेसबुकले यहि नाम किन छानेको छ ?

भर्चुअल रियालिटीको नेक्स्ट लेभललाई मेटावर्स भनिन्छ । सहज शब्दमा भन्ने हो भने मेटावर्स एक प्रकारको आभासी दुनियाँ हुनेछ । यो प्रविधिमार्फत् तपाईं भर्चुअल परिचयमार्फत् प्राविधिक दुनियाँमा प्रवेश गर्नुहुनेछ । अर्थात् एउटा यस्तो दुनियाँ जहाँ तपाईंको भिन्न पहिचान हुनेछ । उक्त दुनियाँमा तपाईं घुम्ने, सामान खरिद गर्नेदेखि संसारका विभिन्न स्थानमा भएका साथीहरु र आफन्तसँग भेटघाट गर्न सक्नुहुन्छ । भविष्यमा यो प्रविधिको एड्भान्स भर्सनमा केही कुरालाई छुन र बास्ना महसुस गर्न सक्नुहुनेछ । मेटावर्स शब्दको सबैभन्दा पहिलो साइन्स फिक्सन लेखक निल स्टिफेन्सनले सन् १९९२ मा आफ्नो उपन्यास ‘स्नो क्र्याश’ मा गरेका थिए ।

नयाँ नामपछि तपाईं र कम्पनीका लागि के फेरिनेछ ?

तपाईंका लागि केही पनि फेरिनेछैन । मेटावर्स नाम हुँदा तपाईंको फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम अकाउन्टमा यसको कुनै असर हुने छैन । तपाईं आफ्नो लगइन आइडी र पासवर्डमार्फत् यी सबै सोसल मिडिया प्लेटफर्मलाई पहिला झैं प्रयोग गर्न पाउनुहुन्छ । भोलिका दिनमा कम्पनीले फेसबुकसमेत इन्स्टाग्राम, ह्वाट्सएप, अकुलसजस्ता एपलाई मेटावर्ससँग जोड्न सक्नेछ । अर्थात् सिंगल लगइनमा प्रयोगकर्ता यी सबै एप प्रयोग गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप