शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना सङ्क्रमितको कूल संख्या ३ करोड ४२ लाख ४६ हजार १५७ पुग्यो

शुक्रबार, १२ कात्तिक २०७८, २१ : ०८
शुक्रबार, १२ कात्तिक २०७८

भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।  सोही अवधिका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ ।

एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला  राज्यका रहेका छन् ।  हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।  –सिन्ह्वा 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप