शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एलर्जी भगाउन यी कुरा खानुस्

शनिबार, १३ कात्तिक २०७८, ११ : ५८
शनिबार, १३ कात्तिक २०७८

बदलिँदो मौसममा चिसोका कारण कैयौँ थरीका स्वास्थ्य समस्या पनि आउँछन् । हरेक साल गर्मीबाट जाडो सुरु हुँदा हाछ्युँ आउने, नाक बग्ने, रुघाखोकी लाग्ने र पाचन प्रक्रियामा समस्या आउने र रोग प्रतिरोधी क्षमता कमजोर हुन थाल्छ । यस्ता मौसमी बिरामले हामीलाई प्रभावित गरेपछि तुरुन्त आराम पाउनका अलग अलग किसिमका औषधि किन्न दौडन्छौँ । यी औषधिका बेग्ला बेग्लै किसिमका दुष्प्रभाव पनि देखिने गर्छन् । यस्तो अवस्थामा प्राकृतिक तरिकाबाट उपचार गरिनु सुरक्षित एवं सजिलो उपायका रूपमा अधिकांश मानिसले अपनाउने गर्छन् । यस्तो तरिकाको मद्दतले मौसमी बिरामबाट मात्र छुटकारा पाउन सकिन्छ । यसबाट रोग प्रतिरोधक क्षमता पनि बलियो हुन्छ । यसले हामीलाई अन्य धेरै खाले बिमारीसँग लड्न तागत दिन्छ । मौसमी बिरामबाट छुटकारा पाउन प्राकृतिक उपाय पनि छन् । त्यसका लागि तपाईंलाई कतै बाहिर जान पनि जरुरी छैन किनभने यिनको उपचारका सारा सामग्री तपाईं हाम्रै घरमा छ ।

यिनबाट बढ्छ इम्युनिटीः

यस मौसममा आफ्नो रोग प्रतिरोधक क्षमतलाई बढाउन सक्नुभयो भने आधा रोग आफैँ निको हुन्छ । काँक्रो र भुइँकटहरमा विशेष रूपले यस्तो औषधीय गुण पाइन्छ जसले हाम्रो कलेजोलाई स्वस्थ्य बनाउने र हाम्रो शरीरमा रहेको विषालु तत्त्वहरू बाहिर निकाल्छ । यसका लागि एउटा काँक्रोसँग दुई टुक्रा भुइँकटहर, तीन चार टुक्रा स्याउ, दुई चार पुदिनाका पातहरू करिब एक चम्चा कागतीको रस र चुट्कीभरी मरिचको धुलो मिलाएर राम्रोसँग ग्राइन्डरमा राखेर पिँध्नुपर्छ । अनि यसमा स्वादअनुसार मह, नुन र बरफ राखेर पिउनुस् ।

गुणकारी बेसार

बेसारको औषधीय गुणबारे सबैलाई राम्रोसित थाहा छ । प्रायः सबै घरमा तरकारीमा बेसार हालेर खाने गरिन्छ । तर तपाईंलाई थाहा नहुन सक्छ, यसबाट एउटा यस्तो शानदार पेय पनि बन्छ । त्यो पेय एसिडिटी, अपच र छातीको जलन, आस्थमा, एग्जिमा र आर्थरायिटिसको समस्यामा विशेष रूपले लाभकारी हुन्छ । यसको पेय बनाउनका लागि करिब ५० एमएल नरिवल, ५–१० ग्राम बेसार र १०–१५ ग्राम अदुवा राखेर पिँधेको पेस्ट पानीमा घोल्नुहोस् । अनि त्यसलाई छानेर एक चम्चा कागतीको रस, एक चुट्की नुन र स्वादअनुसार मह हालेर पिउनुस् ।

कमाल देखाउँछ काठालेः

काठा एउटा घरेलु पेय हो । यो पहिलेदेखि हाम्रा गाउँघरमा बनाइन्छ । खोकी र घाँटीको सङ्क्रमण हुँदा विभिन्न गरम मसला मिलाएर बनाइएको काठा धेरै लाभकारी हुन्छ । घरमा काठा बनाउन ५० ग्राम अदुवा, ५० ग्राम बेसार, २–३ ग्राम अलैँची र २–३ वटा तुलसीको पातलाई पिँधेर लेप बनाउनुस् । अनि एउटा भाँडोमा पानीसँग यो मिश्रण उमाल्नुस् । यसमा ५–१० ग्राम दालचिनी पनि हाल्नुस् । यसलाई राम्रोसँग पाक्न दिनुस् । पिउनुभन्दा पहिले स्वादअनुसार मह पनि हाल्नुस् ।

प्रभावशाली प्रोबायोटिक्स् :

प्रोबायोटिक्स्ले हाम्रो पाचन तन्त्रलाई दुरुस्त राख्नमा महत्त्वपूर्ण योगदान गर्छ । यसले पाचनका लागि काम लाग्ने ब्याक्टेरियालाई बढाउँछ र हानि गर्ने ब्याक्टेरियालाई नाश गर्छ । यसले गर्दा शरीरको रोग प्रतिरोधी क्षमता पनि मजबुत हुन्छ । साथै मौसमी एलर्जीहरू जस्तै आस्थामा आदिबाट पनि छुट्कारा मिल्छ । आफ्नो आहारामा दही सौरक्र्याट र किम्ची सलादलाई अवश्य सामेल गर्नुस् । किनकि यिनमा प्रचुर मात्रामा प्रोबायोटिक्स् पाइन्छ । सौरक्राटले पाचनक्रिया दुरुस्त राख्छ, यो बन्दागोभीको फरमेन्टेसनबाट तयार हुन्छ । दर असर पनिर तयार गर्दाको प्रक्रियामा यसमा लेक्टोबेसीलस जीवाणु पनि पैदा हुन्छ, जुन पाचनलाई दुरुस्त राख्नका साथै भिटामिन–सीको मात्रा बढाउँछ । बिहानको बेला खालि पेटमा यसको सेवनले धेरै फाइदा गर्छ ।

नजिक पर्ने छैन पिनासः

मौसम बदलिनुका साथै परेसान गर्ने एलर्जीमा साइनस पिनासबाट धेरै मानिस प्रभावित भएको देखिन्छन् । नाक बन्द हुनु, नाक जकडिनु र टाउको सँगै अनुहारको मांसपेशीहरूमा हुने साइनस पिनासको दुखाइ रुवाउने खालको हुन्छ । सुकेको रातो खोर्सानी अदुवा लसुनले यो दुखाइबाट छुट्कारा पाउन धेरै मद्दत मिल्छ । यिनमा कैसाइसिन नामक रासायनिक यौगिक हुन्छ, जसले बन्द नाकलाई खोल्न सहायक हुन्छ साथै टाउको दुखाइ तथा अनुहारको मांसपेशीको जकडलाई हटाउँछ ।

कम हुन नदिनुस् म्याग्नेसियमः

मैग्नेसियमलाई एउटा प्राकृतिक ब्रोँको डाइलेटर मानिन्छ । यसले हाम्रो फोक्सोसम्म अक्सिजन पु¥याउने वायुमार्गलाई ठीक राख्छ । बदलिँदो मौसममा जब एलर्जीका कारण मांसपेशीहरूमा जकडन हुन थाल्छ या वायुमार्ग साँघुरो हुन थाल्छ अनि अस्थामा जस्तो स्थितिबाट लड्नमा म्याग्नेसियमले प्रभावी भूमिका निभाउँछ । पालुङ्गो, केरा, काजु, बादाम, पनिर आदिमा प्रचुर मात्रामा म्याग्नेसियम पाइन्छ, यिनीहरू नियमित खानुस् । माथि उल्लेखित कुरा नियमित व्यवहारमा प्रयोग गर्ने हो भने तपाईं आफै कुशल वैद्य हो । अल्छी लागे हाम्रा सहर बजारमा तपाईंको सेवामा नर्सिङ होम खुलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप