बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनामा ६ खर्ब ४८ अर्ब अन्तर बैंक कारोबार

शनिबार, १३ कात्तिक २०७८, १४ : ०५
शनिबार, १३ कात्तिक २०७८

चालू आर्थिक वर्ष २०७८/७९ मा ६ खर्ब ४८ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ । साउन र भदौ महिनामा वाणिज्य र अन्य वित्तीय संस्थाबीच उक्त रकम बराबरको अन्तर बैंक कारोबार भएको हो ।  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच दुई महिनामा ५ खर्ब ५७ अर्ब ३० करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको बताएको छ ।

यस्तै, यस अवधिमा विकास बैंकहरू बीचमा ९१ अर्ब १ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुबीच ७ खर्ब ३८ अर्ब र अन्य वित्तीय संस्थाबीच ३० अर्ब २४ करोड अन्तर बैंक कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप