शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

४६ वर्षका अभिनेताको हृदयघातका कारण निधन, किन युवा यसको शिकार भइरहेछन् ? तपाईंले तुरुन्त छोड्नुहोस् यस्ता बानी

शनिबार, १३ कात्तिक २०७८, १६ : १९
शनिबार, १३ कात्तिक २०७८

साउथका सुपरस्टार पुनित राजकुमारको निधन भएको छ । ४६ वर्षका पुनितको मृत्यु हृदयघातका कारण भएको छ । पुनितको मृत्युसँगै कम उमेरमा हुने हृदयघातको बढ्दो मामिलाले पुनः चिन्ता बढाएको छ । युवामा हृदयघातको बढ्दो मामिलाका पछाडि विज्ञ थुप्रै कारण मान्दछन् ।

धुम्रपान र मद्यपानः

आजकाल धेरैजसो युवा १८ देखि २५ वर्षको उमेरदेखि नै धुम्रपान र मद्यपान सुरु गर्दछन् । डाक्टरलाई विश्वास गर्ने हो भने युवाको यो बानीले उनीहरुलाई कार्डियोभास्कुलर डिजीजको शिकार बनाइरहेको छ । वास्तवमा, कार्डियोभास्कुलर हार्ट डिजिज एक गम्भीर समस्या हो जसले अनेक प्रकारको मुटु रोग निम्त्याउने गर्छ । डाक्टरका अनुसार जो युवक दिनभरी १० चुरोट पिउँछन् उनीहरुमा हृदयघातको खतरा ५० प्रतिशतसम्म बढ्ने गर्छ ।

जंक फूडः

आजकालका धेरैजसो युवा पीढि आफ्नो भोक मेटाउनका लागि घरको खानाको साटो जंक फूडमा निर्भर हुन्छन् । उनीहरुको थालमा धेरैजसो तारेको भुटेका खानेकुरा हुन्छन् । जसका कारण शरीरमा क्यालोरीको मात्रा बढ्छ जसको नकारात्मक असर प्रत्यक्ष मुटुमा पर्छ । गलत खानपानका कारण कोलेस्ट्रोलको स्तर बढ्छ जसले मुटुको धड्कनलाई तीब्र रुपमा बढाउने काम गर्छ ।

वर्क प्रेशरः

व्यस्त जीवनशैली र भागदौडका कारण युवा आजकाल आफ्नो खानामा वास्ता गर्दैनन् । भोक लाग्दा उनीहरु बाहिरको खाना वा जंक फूडमा निर्भर हुन्छन् । लगातार घण्टौं काम गर्दा र जंक फूड सेवनको प्रत्यक्ष असर रक्त कोसिकामा पर्ने गर्छ । यसैकारण कम उमेरमा नै आजकालका युवा उच्च रक्तचापको शिकार बन्ने गर्छन् ।

स्टेरोइडका साइड इफेक्टः

युवामा बलिउड सेलिब्रिटीको क्रेज यति धेरै छ कि उनीहरु सेलिब्रिटीको झैं शरीर बनाउनका लागि घण्टौं जिममा पसिना बगाउँछन् । पसिना बगाउनेसम्म त ठिक छ तर थुप्रै स्थानमा युवालाई भारी न्यूट्रिशन दिन सल्लाह दिइन्छ । न्यूट्रिशनको चक्करमा युवा एम्बोलिक स्टेरोइडजस्ता उत्पादनको प्रयोग गर्न थाल्छन् । जसका कारण हृदयघातको खतरा निम्तिने गर्छ ।

तनावः

कामका कारण आजकाल युवा मानसिक रुपमा असाध्यै तनावमा रहन्छन् । अत्यधिक तनाव स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । एन्जाइटी डिसअर्डरका कारणले स्ट्रेस हर्मोन कार्टिसोल पनि बढ्ने गर्छ । यसका कारण हृदयघातको सम्भावना अत्यधिक बढ्ने गर्छ । केही मानिसहरु तनाव कम गर्नका लागि धुम्रपान सुरु गर्छन् जसले हृदयघातको खतरालाई दोब्बर बनाइदिन्छ ।

फिट देखिने चाहनाः

विशेषज्ञका अनुसार हृदयघातबाट बच्नका लागि मानसिक रुपमा आफूलाई स्थिर राख्न अत्यावश्यक छ । विशेषगरी अभिनेता राम्रो देखिने चक्करमा आफूलाई असाध्यै दबाब दिने गर्छन् । सिक्स प्याक र सुगठित शरीरको चाहनाले यो खतरालाई थप बढाउने गर्दछ ।

पर्याप्त निद्राको कमीः

निद्राको मुटुसँग गहिरो सम्बन्ध छ । डाक्टरका अनुसार मुटुलाई स्वस्थ राख्नका लागि ७–८ घण्टाको निद्रा अत्यावश्यक छ । शोधका अनुसार निश्चित समयभन्दा कम सुत्दा हृदयघातको खतरा २४ प्रतिशतसम्म बढ्ने गर्छ । एक रिपोर्ट अनुसार पर्याप्त निद्रा नपाएकाहरुमा डिप्रेसनको समस्या हुन्छ ।

 उच्च रक्तचापः

उच्च रक्तचापका कारण हृदयघातको खतरा सधैं हुन्छ । असाध्यै धेरै तनावले पनि रक्तचाप उच्च हुन्छ । उच्च रक्तचाप अर्थात् हाइपरटेन्शनको सम्बन्ध आर्टिरियल्स धमनीसँग हुन्छ । यी धमनीले शरीरमा रक्तचापलाई नियन्त्रण गर्ने काम गर्छ । पातलो हुँदा यसले रक्तचाप बढाउँछ । डाक्टरका अनुसार यदि यी रक्त धमनीको उपचार समयमा नै नगरिने हो भने हृदयघात र स्ट्रोकजस्ता गम्भीर समस्या देखिने गर्छ ।

हृदयघातका लक्षणः

हुन त हृदयघातको कुनै निश्चित समय हुँदैन । यसले मानिसलाई कुनै पनि बेला आक्रमण गर्न सक्छ । तरपनि यस्ता केही लक्षण हुन्छन् जसबारे मानिस सचेत हुन आवश्यक छ । असाध्यै थकाई लाग्नु, निद्रा नलाग्नु, सास फेर्न समस्या हुनु, छातीमा असजिलो महसुस हुनु, झुसिलो डकार आउनु, अनियमित मुटुको धड्कन र पेट फुल्नु पनि हृदयघातका प्रमुख लक्षण हुन् ।

यसरी बच्नुहोस्ः

युवा यो गम्भीर रोगलाई व्यायाम गरेर टाढा राख्न सक्छन् । डाक्टरलाई विश्वास गर्ने हो भने आजकालको तनावपूर्ण जीवनशैलीमा युवा पीढिले दैनिक व्यायाम गरेर रक्तसञ्चारलाई ठिक ठाउँमा राख्न सक्छन् । यसका साथै खानामा प्रचुर मात्रामा फलफूल र सागसब्जी समावेश गर्नुहोस् । स्वस्थ मुटुका लागि चिल्लो कम भएका खानेकुरा खाने । जंक फूडको सेवन सकेसम्म नगर्नुहोस् र निश्चित समयमा खाना खानुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप