बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कति छ आजको विदेशी विनिमय दर ?

आइतबार, १४ कात्तिक २०७८, १० : ५८
आइतबार, १४ कात्तिक २०७८

आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य १२०.११ र खरिद मूल्य ११९.५१ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै डलरको भाउ तोकेको हो । एक यूरोको बिक्री मूल्य १३९.९५ रुपैयाँ कायम हुँदा बिक्री मूल्य १३९.२५ रुपैयाँ तोकिएको छ । यस्तै, पाउन्डको बिक्री मूल्य १६५.६१ र खरिद मूल्य १६४.७८ रुपैयाँ कायम छ ।

एक स्वीस फ्र्यांकको बिक्री मूल्य १३१.४० रुपैयाँ तोकिँदा बिक्री मूल्य १३१.१४ रुपैयाँ तोकिएको छ । यस्तै, ९०.५४ रुपैयाँ बिक्री मूल्य कायम भएको अष्ट्रेलियन डलरको खरिद मूल्य ९०.०९ रुपैयाँ कायम छ । एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री मूल्य ८९.२६ रुपैयाँ तोकिएको छ भने ८८.८२ रुपैयाँ बिक्री मूल्य तोकिएको छ । यस्तै, केन्द्रीय बैंकले १० जापानी येन १०.५६ रुपैयाँमा बिक्री हुँदा १०.५१ रुपैयाँ खरिद मूल्य तोकेको छ ।

एक चिनियाँ युवान १८.७८ रुपैयाँमा बिक्री हुँदा १८.६८ रुपैयाँ खरिद मूल्य तोकेको राष्ट्र बैंकले साउदी रियालको बिक्री मूल्य ३२.०२ र खरिद मूल्य ३१.८६ रुपैयाँ तोकेको छ । यस्तै, कतारी रियालको बिक्री मूल्य ३२.९९ र खरिद मूल्य ३२.८२ तथा संयुक्त अरब इमिरेट्सको बिक्री मूल्य ३२.७० र खरिद मूल्य ३२.५४ रुपैयाँ छ ।

यता मलेसियन रिंगटको बिक्री मूल्य २९.०१ रुपैयाँ र खरिद मूल्य २८.८६ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप