बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना प्रभावित व्यवसायीलाई ५ करोडसम्म पुनरकर्जा, केन्द्रीय बैंकले माग्यो आवेदन

आइतबार, १४ कात्तिक २०७८, १२ : ५८
आइतबार, १४ कात्तिक २०७८

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित उद्योगी/व्यवसायीले पुनरकर्जा पाउने भएका छन् । महामारीबाट प्रभावित उद्योग/व्यवसायले ५ करोड रुपैयाँसम्म पुनरकर्जा पाउने भएका हुन् । यसका लागि नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै पुनरकर्जाका लागि आवेदन गर्न आह्वान गरेको छ ।

बैंकले पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) अनुसार पुनरकर्जाको लागि आह्वान गर्न भनेको हो । व्यवसायीले पुनरकर्जाका लागि आजदेखि मंसिर १९ गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकका प्रवक्ता देवकुमार ढकालले पुनरकर्जा कार्यविधिअनुसार व्यवसायीले ५ करोड रुपैयाँसम्म कर्जा पाउने बताए । 

आवेदनमा चाहिने कागजात

पुनरकर्जाका लागि आवेदन दिँदा नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) अनुसूची १ बमोजिम ढाँचाको आवेदन चाहिने बताइएको छ । यस्तै, इजाजतप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय पनि पुनरकर्जाका लागि आवश्यक पर्नेछ । यसैगरी, पुनरकर्जा लिन चाहने ग्राहकको सम्पूर्ण विवरण समेत आवश्यक पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप