दोस्रो ‘मिस युनिभर्स नेपाल’ प्रतियोगिता, २० तस्बिरमा हेरौं
दोस्रो ‘मिस युनिभर्स नेपाल’ शनिबार एक भव्य समारोहका बीच सम्पन्न भयो । उक्त अवसरमा १५ प्रतियोगीलाई पछि पार्दै सुजिता बस्नेतले ताज जित्न सफल भइन् । विश्व प्रतिष्ठित सौदर्य प्रतियोगिता ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधि पठाउने उदेश्यले गत वर्षदेखि ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठको संस्था उमङ्ग क्रियसनले नेपालमा यो प्रतियोगिता आधिकारिक रुपमा सुरु गरेको हो ।

राजधानीको होटल याक एन्ड यतिमा भब्य साज सज्जासहित साँझ ६ बजेदेखि सुरु भएको प्रतियोगितामा निनाकान्त मण्डल, सुजिता बस्नेत, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रीतिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मिता न्यौपाने, सगुन गुरुङ, सदिक्षा खड्का, प्रतिक्षा महरा क्षेत्री, स्मारिका कार्की, विभूति गौतम, आर्या निशान्त र अनिशा महर्जन गरेर १६ प्रतियोगीको प्रतिस्पर्धा रहेको थियो ।

परिचयात्मक, निर्णायक प्रश्न लगायत विभिन्न चरणमा आयोजित प्रतियोगिताका प्रतियोगी आकर्षक पहिरन सहित र्याम्पमा समेत पटक–पटक उत्रिएका थिए । उत्कृष्ट १६ बाट १० र ५ हुँदै अन्तमा विजेता घोषणा गरिएको कार्यक्रममा प्रतियोगीले हरेक राउण्डमा बिकनी, गाउनलगायत फरक–फरक पहिरनमा आफुलाई र्याम्पमा प्रस्तुत गरेका थिए ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण