शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दोस्रो ‘मिस युनिभर्स नेपाल’ प्रतियोगिता, २० तस्बिरमा हेरौं

आइतबार, १४ कात्तिक २०७८, १४ : ०१
आइतबार, १४ कात्तिक २०७८

दोस्रो ‘मिस युनिभर्स नेपाल’ शनिबार एक भव्य समारोहका बीच सम्पन्न भयो । उक्त अवसरमा १५ प्रतियोगीलाई पछि पार्दै सुजिता बस्नेतले ताज जित्न सफल भइन् । विश्व प्रतिष्ठित सौदर्य प्रतियोगिता ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधि पठाउने उदेश्यले गत वर्षदेखि ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठको संस्था उमङ्ग क्रियसनले नेपालमा यो प्रतियोगिता आधिकारिक रुपमा सुरु गरेको हो ।

राजधानीको होटल याक एन्ड यतिमा भब्य साज सज्जासहित साँझ ६ बजेदेखि सुरु भएको प्रतियोगितामा निनाकान्त मण्डल, सुजिता बस्नेत, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रीतिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मिता न्यौपाने, सगुन गुरुङ, सदिक्षा खड्का, प्रतिक्षा महरा क्षेत्री, स्मारिका कार्की, विभूति गौतम, आर्या निशान्त र अनिशा महर्जन गरेर १६ प्रतियोगीको प्रतिस्पर्धा रहेको थियो ।

परिचयात्मक, निर्णायक प्रश्न लगायत विभिन्न चरणमा आयोजित प्रतियोगिताका प्रतियोगी आकर्षक पहिरन सहित र्याम्पमा समेत पटक–पटक उत्रिएका थिए । उत्कृष्ट १६ बाट १० र ५ हुँदै अन्तमा विजेता घोषणा गरिएको कार्यक्रममा प्रतियोगीले हरेक राउण्डमा बिकनी, गाउनलगायत फरक–फरक पहिरनमा आफुलाई र्याम्पमा प्रस्तुत गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप