बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो

आइतबार, १४ कात्तिक २०७८, १७ : २०
आइतबार, १४ कात्तिक २०७८

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८३० जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यस अवधीमा कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएको छ ।  भारतमा शनिबार भएको सङ्क्रमितमध्ये ७ हजार ४२७ जना केरला राज्यमा रहेका थिए ।  कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएकोमा ६२ जना केरला राज्यमा रहेका थिए ।  

यसअघि झण्डै १६ हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले करिब १३ हजारमा घटेको देखिएको हो । भारतमा अहिले एक लाख ५९ हजार २७२ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले आइतबार जनाएको छ । यो सङ्ख्या २४७ दिन पछिकै सबैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको ०.४६ प्रतिशत मात्रै हो । 

शनिबार भारतमा १४ हजार ६६७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यससँगै कोरोना शुरु भएबाट हालसम्म तीन करोड ३६ हजार ५५ हजार ८४२ जना कोरोना मुक्त भएका छन् । मन्त्रालयकाअनुसार कुल सङ्क्रमितमध्ये ९८.२० प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसको परिक्षण ६० करोड ८३ लाख भन्दा बढी भएको छ ।  

यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म १ अर्व भन्दा बढी डोज खोप लगाइएको छ । –एएनआई 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप