शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संक्रमणकालीन न्यायलाई अन्तिम टुंगोमा पुर्‍याउन मन्त्री बडूको निर्देशन

आइतबार, १४ कात्तिक २०७८, २१ : १८
आइतबार, १४ कात्तिक २०७८

कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले  सत्य निरूपण तथा मेलमिलाप आयोगमा निरीक्षण एवं अवलोकन गरेका छन् ।  आइतबार ललितपुरको पुल्चोकस्थित सत्य निरूपण तथा मेलमिलाप आयोग  पुगेर मन्त्री बडूले संक्रमणकालीन न्यायबारे जानकारी लिएका हुन् ।

आयोगमा पदाधिकारीसँग छलफल समेत गरेका उनले संक्रमणकालीन न्यायको एजेण्डा वर्तमान सरकारको साझा न्यूनतम कार्यक्रममा रहेको स्मरण गराएका थिए ।

संक्रमणकालीन न्याय वर्तमान सरकारको प्राथमिक विषय भएको बताउँदै यसलाई अन्तिम टुंगोमा पुर्याइने उनको भनाइ थियो ।  त्यसका लागि पूर्ण क्षमताका साथ काम गर्न मन्त्री बडूले आयोगका पदाधिकारीलाई निर्देशन दिए ।

सरकार र दलहरूका तर्फबाट गरिनुपर्ने कानुनी एवं अन्य सहयोग पुर्याउन सरकारबाट तत्परता र प्रतिबद्धता रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप