बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजीनामा दिन मुख्यमन्त्री शाही सकारात्मक, बोलाइयो मन्त्रिपरिषद् बैठक

सोमबार, १५ कात्तिक २०७८, १४ : ४८
सोमबार, १५ कात्तिक २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही राजीनामा दिन सकारात्मक भएका छन् । काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले आफूसँगको छलफलमा मुख्यमन्त्री शाही राजीनामा दिन सकारात्मक भएको रातोपाटीलाई बताए । ‘राजनीतिमा अल्टिमेटम भन्ने हुँदैन । हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्रीजी अगाडि बढ्नुहुन्छ भन्नेमा विश्वस्त छु’, ‘क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ भन्नेमा विश्वस्त छु।’

यसैगरी कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीता कुमारी नेपालीले पनि बैशाख ३ को सहमति कार्यान्वयनका लागि मार्गप्रशस्त हुन सक्ने रातोपाटीलाई बताइन् । यद्यपि अहिले छलफल जारी रहेकाले के हुने भन्न नसकिने उनको भनाइ थियो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार शाहीले आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सो बैठकमा शाहीको राजीनामाको विषयमा छलफल हुने बुझिएको छ । 

तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो । त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्नेगरी महेन्द्र बहादुर शाही र जीवनबहादुर शाहीबीच लिखित सहमति भएको बताइँदै आएको छ । सोही सहमति कार्यान्वयन गर्नुपर्नेमा काँग्रेसले जोड दिँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप