शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

सोमबार, १५ कात्तिक २०७८, १७ : २१
सोमबार, १५ कात्तिक २०७८

नेपाल सरकारको केन्द्रीय सुरक्षा समितिको बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ।  गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसिरहेको बैठकमा रक्षामन्त्री डा.मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा र सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन् ।

यस्तै बैठकमा  चारवटा सुरक्षा निकायका प्रमुखसहित उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको छ। जारी बैठक नेपालमा विभिन्न देशबाट अवैध रुपमा नेपाल प्रवेश गर्ने विदेशी नागरिक बढे पछिको सुरक्षा चुनौती, सीमा नाका व्यवस्थापन र आन्तरिक सुरक्षा योजनाबारे केन्द्रित भएको बताइएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप