नामिबियालाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ५ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो ।
अन्तिम १० ओभरमा १ सय ३० रन बनाउँदै पाकिस्तानले २ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर मोहमद रिजवानले विस्फोटक पारी खेल्दै नटआउट रहेर ७९ रन बनाए । रिजवानले कप्तान बाबर आजमसँग मिलेर ११३ रनको साझेदारी गरे । बाबरले ७० रन बनाए । मोहमद हाफिजले १६ बलमा ३२ रन बनाउँदै पाकिस्तानलाई ठूलो स्कोर खडा गर्न मद्दत गरे ।
नामिबियाले केही राम्रो साझेदारी गरेपनि निर्धारित २० ओभरमा १४४ रन मात्र जोड्न सक्यो । चार खेल चार जीत हासिल गर्दै पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहेको छ । अब पाकिस्तानलाई कुनै पनि टोलीले उछिन्न सक्नेछैन । दोस्रो स्थानका लागि न्युजिल्याण्ड, अफिगानिस्तान र भारत प्रतिस्पर्धामा रहेका छन् ।
पाकिस्तानले समूह चरणको अन्तिम खेलमा आइतबार स्कटल्याण्डको सामना गर्नेछ । प्रतियोगिताबाट बाहिरिएको नामिबियाले न्युजिल्याण्डको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद चौधरीको ताकेतापछि नवलपरासीका उखु किसानले पाए अनुदान बापतको रकम
-
निष्क्रिय भए संसदीय समिति : ‘माननीय सदस्यहरू’हराएपछि फोन घुमाउँदै सभापतिहरू
-
प्रधानमन्त्री दाहाल स्वदेश फर्किए
-
मिनभवनस्थित गणेश अवालेको जग्गा वैद्य माओवादीद्वारा कब्जा
-
नेपाली कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन सम्पन्न : पार्टीको तल्लो तहलाई बलियो बनाउन माग
-
शमशेर मियाँसमेत ४ जनालाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै