सयपत्रीले सुनौलो बन्यो बतासे डाँडा, तस्बिरमा हेर्नुहोस्
तिहारलाई फूलहरुको पर्व पनि भनिन्छ । के सहर के गाउँ, त्यसैले त तिहारको समयमा जताजतै फूलैफूल देख्न सकिन्छ । घर आँगनदेखि बारीहरु ढकमक्क बनेको छ धेरैको बस्तीहरु । कतिपयले तिहारकै लागि भनेर व्यावसायिक रुपमा पनि फूलको खेती गरेको पाइन्छ । त्यही फूल अहिले किसानलाई टिप्न, उन्न र बजारसम्म पु-याउन भ्याइनभ्याइ छ ।
राजधानीको काँठक्षेत्रमा पर्ने नागार्जुन नगरपालिकास्थित ह्वाइट गुम्बा नजिकैको बतासे डाँडामा पनि व्यावसायिक रुपमा फूल खेती गरिएको छ । त्यसभेगमा गरिएको फूलखेतीले बतासेडाँडा क्षेत्र नै पहेँलपुर देखिन्छ । फूल जति सुन्दर छ, त्यतिनै सुनौलो र सुन्दर देखिन्छ बतासे डाँडा क्षेत्र ।
स्थानीयले लगाएको सयपत्री फूल अहिले टिपेर बजारसम्म लैजान व्यस्त छन्, किसानहरु । आफूहरुले खेती गरेको फूलको राम्रो माग रहेको बताउँदै उनीहरुले तिहारको मुखमा राम्रो आन्दानी हुने देखिएकोप्रति खुसी देखिन्छन् ।
अघिल्लो वर्ष कोरोनाका कारण व्यवसाय प्रभावित भएपनि यो पटक खासै असर नभएको बताउँदै उनीहरुले मालाको मूल्य पनि राम्रो रहेको बताउँछन् । राजधानीको काँठ क्षेत्रमा पछिल्लो समय फूल खेती फस्टाउँदै गएको पाइन्छ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण