बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा ‘द हेरिटेज’ शो

बुधबार, १७ कात्तिक २०७८, ११ : १०
बुधबार, १७ कात्तिक २०७८

नेपालको मौलिक कला संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्धेश्यले ‘द हेरिटेज’ नामक फेसन शो आयोजना गरिएको छ । एसएसपी इन्टरटेन्मेन्टले हरेक बर्ष नियमित आयोजना गर्दै आएको फेसन शोमा विभिन्न समुदायका कला संस्कृतिको प्रचार गर्ने गरिन्छ ।

सन् २०१९ बाट सुरुवात भएको ‘द हेरिटेज’ फेसन शो हालै पोखरमा आयोजना गरिएको थियो । उक्त शोमा शोटपरको अभिनेत्री बेनिशा हमाल रहेकी थिइन् । बेनिशालाई जोडीको रुपमा सन्तोष अधिकारीले साथ दिएका थिए । 
लेकसाइडस्थित टिका रिसोर्टमा आयोजित ‘फेसन शो’ डिजाइनर तेजु मगर, सुकिला चौलागाई, अमितेश करण र सम्झना गुरुङले तयार पारेका पहिरनमा डेढ दर्जन मोडलले र्याप्प नापेका थिए ।

मुना गौचन (भारतीय मोडल), दीपा घिमिरे लगायतको उपस्थिति रहेको कार्यक्रममा अफिसियल कोरियोग्राफी दिक्पाल कार्की रहेका थिए । कार्यक्रममा गायिका ममता गुरुङको सांगीतिक प्रस्तुति रहेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप