शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज यी स्थानमा हिमपातको सम्भावना

बिहीबार, १८ कात्तिक २०७८, ०७ : ३६
बिहीबार, १८ कात्तिक २०७८

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा  उल्लेखनीय  मौसम  प्रणाली  छैन । भने, पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम  सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका  एक वा दुई   स्थानहरुमा  हल्का  वर्षाको  संभावना  रहेको  छ ।  

साथै प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप