शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको भाउ कति ?

बिहीबार, १८ कात्तिक २०७८, १० : ५६
बिहीबार, १८ कात्तिक २०७८

आज एक अमेरिकी डलरको बिक्री दर घटेर ११९.४४ रुपैयाँ र खरिद दर ११८.८४ रुपैयाँ तोकेको छ । यसअघि, डलरको मूल्य १२० रुपैयाँभन्दा माथि कायम थियो । यस्तै, एक यूरोको बिक्री मूल्य १३८.३७ रुपैयाँ र खरिद मूल्य १३७.६८ रुपैयाँ छ ।

पाउण्ड स्ट्रलिङको बिक्री दर १६२.७३ र खरिद दर १६१.९१ रुपैयाँ छ भने एक अष्ट्रेलियन डलरको बिक्री मूल्य ८८.८६ र खरिद मूल्य ८८.४२ रुपैयाँ छ । एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८८.५२ र खरिद दर ८८.०७ रुपैयाँ छ ।

१० जापानी ऐनको बिक्री दर १०.४९ र खरिद दर १०.४४ रुपैयाँ, चिनियाँ युवानको बिक्री दर १८.६८ र खरिद दर १८.५८ रुपैयाँ तथा साउदी रियालको बिक्री दर ३१.८४ र खरिद दर ३१.८४ रुपैयाँ कायम भएको छ ।

यस्तै, कतारी रियाल बिक्री दर ३२.८० र खरिद दर ३२.६३ रुपैयाँ, संयुक्त अरब इमिरेट्स (यूएई) को दिरामको बिक्री मूल्य ३२.५२ र खरिद मूल्य ३२.३५ रुपैयाँ तथा मलेसियन रिंगटको बिक्री २८.७६ र खरिद मूल्य २८.६१ रुपैयाँ तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप