शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य व्यवसायी परिषदद्वारा दोस्रो लाइसेन्स परीक्षाको फारम खुल्ला

बिहीबार, १८ कात्तिक २०७८, १३ : १३
बिहीबार, १८ कात्तिक २०७८

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले दोस्रो लाइसेन्स परीक्षाका लागि फारम खुल्ला गरेको छ । आगामी ८, ९ र १० पुसमा लिइने परीक्षाका लागि परिषद्ले सूचना जारी गरेको हो ।

गत २१, २२ र २३ भदौमा परिषद्ले पहिलो दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा अनुत्तीर्ण हुने र अनुपस्थित हुने विद्यार्थीलाई समेत मध्यनजर गरी अनलाइन फारम भर्न आग्रह गरेको छ ।

परिषद्का अनुसार १६ कात्तिकदेखि १५ मंसिरसम्म दिन दोस्रो लाइसेन्स परीक्षाका लागि आवेदन सकिनेछ ।  दोब्बर दस्तुर तिरेर २० मंसिरसम्म आवेदन दिन सकिने परिषदले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप