शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा पौडी खेल्दा युवकको मृत्यु

बिहीबार, १८ कात्तिक २०७८, १४ : १८
बिहीबार, १८ कात्तिक २०७८

काठमाडौंको गोकर्णस्थित बागमती नदीमा पौडी खेल्दा एकजनाको मृत्यु भएको छ । माकलबारी बसपार्कस्थित ड्याममा डाइभ हानेर नदीमा पसेका ३५ वर्षीय युवक मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । 

नदीमा उनीसँगै पौडिन गएका अरु दुईजना सकुशल निस्केका छन् । मृतक मापसे गरेर पौडिन गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मृतकको पहिचान खुलेको छैन । उनले बोतल, कागज टिपेर गुजारा गर्ने गरेको स्थानीयवासीहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप