शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीमा सडक दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, १९ कात्तिक २०७८, १४ : ४७
शुक्रबार, १९ कात्तिक २०७८

महोत्तरीमा विपरित दिशाबाट आइरहेका टाटा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित कारेभोगटे पुल नजिकै गएराती सिन्धुलीतर्फ जाँदै गरेको ना १ ज ५७४७ नम्बरको टाटा सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका ५ बस्ने सुन्धिर मिश्रको मृत्यु भएको हो । 

उनलाई थप उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । महोत्तरी प्रहरीले टाटा सुमो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप