शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् आँखा दान गर्ने बलिउड कलाकार

आइतबार, २१ कात्तिक २०७८, १४ : ३०
आइतबार, २१ कात्तिक २०७८

साउथ फिल्मका अभिनेता पुनित कुमारको २९ अक्टोबर हृदयघातका कारण निधन भयो । ४६ वर्षमा निधन भएका पुनित कुमारले नेत्रदान गर्ने संकल्प गरेका थिए । सोही कारण निधनपछि उनको आँखा दान गरिएको छ । आँखा दान गर्ने बलिउड कलाकारहरु यी त उदाहरण मात्र हुन् ।  बलिउडका कयौं कलाकार छन्, जसले आफ्नो मृत्युपछि आँखा लगायतका अंग दान गर्ने संकल्प लिएका छन् ।

ऐश्‍वर्या राय बच्चन 
सुन्दर आँखाको कारण करोडौं मानिसको ढुकढुकी बन्न सफल अभिनेत्री ऐश्‍वर्या राय बचनले पनि आफ्नो आँखा दान गर्ने निर्णय गरेकी छन् । ऐश्‍वर्या अरुलाई पनि आँखा दान गर्न प्रेरित गर्दै आएकी छन् ।

ऋतिक रोशन 
सन् २०१७ को फिल्म ‘काबिल’ मा ऋतिक रोशन र यात्री गौतमले नेत्रहिन ब्यक्तिको भूमिका निर्वाह गरेका थिए ।

यसबाट प्रेरित भएर ऋतिकले त्यही वर्ष आफ्नो जन्मदिनको अवसरमा आँखा दान गर्ने निर्णय लिएका थिए ।

आमिर खान 


सामाजिक कामका कारणले सँधै चर्चामा रहने अभिनेता आमिर खानले ‘शिप अफ थिसेस’ फिल्मबाट प्रेरित भएर आँखा र अंग दान गर्ने निर्णय लिएका थिए । उनले आँखाको अलवा सबै उपयोगी अंग समेत दान गरेका छन् । उनको साथ उनकी पूर्व पत्नी किरण रावले पनि अंग दानको संकल्प गरेकी थिइन् ।

अमिताभ बच्चन 

बलिउडका महानायक अमिताभ बच्चन पनि आफु मरेपछि आफ्नो आँखा अरुका लागि काम लागोस् भन्ने सोच्दछन् । उनले २०२० मा ७७ वर्षको उमेरमा अंगदान गर्ने निवेदन दिएका थिए ।

जुही चावल 

एक समयकी चर्चित अभिनेत्री जुही चावलाले पनि आँखा दान गरेकी छन् । उनी एकपटक मोतिबिन्दूको क्याम्पमा पुगेकी थिइन् । त्यहाँ उनले आँखाको समस्या थाहा पाएपछि दान गर्ने संकल्प गरेकी थिइन् ।

हेमा मालिनी 


बलिउडकी ड्रिम गर्ल हेमा मालिनीले २००७ मा आँखा दान गर्ने निर्णय गरेकी हुन् ।

कपिल शर्मा 


कमेडी किङ्ग कपिल शर्माले २०१७ मा नेत्रदानको संकल्प गरेका थिए । यो समय कपिलको शोमा राष्ट्रिय दृष्टिविहीन क्रिकेट टिम सहभागी थियो । उनीहरुबाट प्रेरित भएर कपिलले आँखा दान गरेका हुन् ।

सोनाक्षी सिन्हा 
नयाँ पुस्ताकी अभिनेत्री सोनाक्षी सिंहाले पनि आँखा दान गर्ने निर्णय लिएकी छन् । २०१८ मा आफ्नो फिल्मको प्रचारका लागि इन्डियन आइडल सेटमा सहभागी उनले आँखा दानको घोषणा गर्दै दानको लागि सबैलाई अफिल समेत गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप