छठ पर्वको दोस्रो दिन आज खरना

person explore access_timeकात्तिक २३, २०७८ chat_bubble_outline0

रौतहट ।  हिन्दुहरुको पर्व छठको दोस्रो दिन आज व्रतालुहरू खरना गरिरहेका छन्  । कडा बिधिबिधान तथा  धार्मिक नियम पूर्वक जनविश्वासका साथ मनाइने चार दिवसीय आस्थाको पर्व छठ हिजो सोमबारदेखि   शुरु भएको हो ।


हिन्दु धार्मिक मान्यताअनुसार छठ वर्षमा दुई पटक कार्तिक र चैत्रमा अत्यन्तै  निष्ठापूर्वक मनाइन्छ । कार्तिक शुक्ल चतुर्दशीका दिनदेखि शुरु हुने सूर्य उपासनाको पर्व छठलाई तराई मधेस तथा  मिथिलांचलमा महापर्व पनि भनिन्छ ।



लोक पर्व छठको आज दोस्रो  दिन व्रतालुहरू नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका सामग्री तयार गरी रहेका छन् । छठ व्रत गर्ने व्रतालु​ महिला तथा पुरुषहरूले हिजो चोखो अरवा चामलको भात, चना,रहरको दाल, फर्सी, लौकाको तरकारी खाएर छठ पर्व सुरु गरेका हुन्। छठपर्वको पहिलो दिनलाई नहाए खाए भनिन्छ ।



दोस्रो दिन आज खरनामा व्रतालुहरू बिहानैदेखि  निर्जला रही बेलुका नयाँ माटोको चुल्होमा प्रसादको रुपमा साठी धानको चामल र गाई भैंसीको दुधको खीर र गहुँको पिठोको रोटी पकाई छठी मातालाई  चढाउछन् । र  त्यही प्रसाद खाने गर्दछन् । त्यसपछि ब्रतालुहरु ३६ घण्टा लामो निर्जला पानी समेत नखाएर  निराहार व्रत शुरु हुनेछ ।

छठ पर्व अन्तर्गत भोलि बुधवार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने र पर्सिपल्ट  बिहीवार बिहान उदाउँदो  सूर्यलाई विधिपूर्वक अर्घ दिएपछि चार दिनको छठ विधिवत रुपमा सकिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।