प्रधानसेनापति भारत प्रस्थान
प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको सिलसिलामा मंगलबार भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा उनी ९ सदस्यीय भ्रमण दलकासाथ दिल्लीतर्फ प्रस्थान गरेका हुन् । नेपाली सेनाको मध्य एयर बेश, गौचरमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।
भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति शर्मालाई सोमबार जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक बिदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र अन्य सैनिक सहचारीहरुको पनि उपस्थिति थियो ।
प्रधान सेनापतिको नियुक्ति पश्चात शर्माको यो पहिलो विदेश भ्रमण हो । यस भ्रमणको दौरानमा प्रधान सेनापति शर्मालाई कार्तिक २४ गते भारतका राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । उनले आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भि आर चौधरीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रधान सेनापति शर्माको भारत भ्रमणको अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ।
शर्मा सहितको भ्रमणदल कार्तिक २६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
-
नक्कली अपाङ्गताको सिफारिस लिएर सहयोग माग्दै हिँड्ने दुई जना पक्राउ
-
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व हो : देउवा
-
एनपीएलमा आज विराटनगर र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्दै
-
अधिकांश पूर्वाधारको अवस्था बेहाल, मन्त्री भन्छन्– उल्लेखनीय काम भइरहेको छ
-
नेपाल आइपुगे चर्चित अस्ट्रेलियन अलराउन्डर बेन कटिङ