बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले पाकिस्तानलाई दियो अत्याधुनिक युद्धपोत

मङ्गलबार, २३ कात्तिक २०७८, १२ : ५७
मङ्गलबार, २३ कात्तिक २०७८

चीनले पाकिस्तानलाई अहिलेसम्मको सबैभन्दा ठुलो र उन्नत युद्धपोत प्रदान गरेको छ । यसलाई चीन र पाकिस्तानको गहिरिँदो सैन्य सहयोगको उदाहरणको रूपमा हेरिएको छ । चिनियाँ सरकारी मिडियाले पनि यसलाई दुई देशबीचको सम्बन्धमा एउटा ठुलो उपलब्ध भएको बताएको छ ।

सो युद्धपोतको निर्माण चीनको स्टेट सिप बिल्डिङ कर्पोरेशनले लिमिटेड (सीएसएससी) ले गरेको हो । कम्पनीले आफ्नो विज्ञप्तिमा यस युद्धपोतलाई चीनको शंघाई सहरमा आयोजित एक समारोहबीच पाकिस्तानको नौसेनालाई हस्तान्तरण गरिएको जनाएको छ ।

पाकिस्तानी नौसेनाले चीनको सरकारी अखबार ग्लोबल टाइम्ससँग कुरा गर्दै सो टाइप ०५४ए/पी युद्धपोतको नाम पीएनएस तुगरिल राखिएको बताएको छ । चीनले यस्तै अन्य चारवटा युद्धपोत पाकिस्तानी नौसेनाको लागि तयार गरिरहेको छ । यो जहाजलाई प्राविधिकरुपमा उन्नत र अत्यधिक सक्षम प्लेटफर्म मानिएको छ । यस युद्धपोतमा निगरानीको व्यापक क्षमताका साथै जमिनदेखि जमिन, जमिनदेखि आकाश र पानीभित्र मिसाइल हान्न सक्ने क्षमता रहेको बताइएको छ ।

नेटोले भने चीनको यो टाइप ०५४ए/पी युद्धपोतलाई जियांकाई–२ कोड नामबाट पहिचान गर्दछ । यसलाई चीनको हुडोङ–जोंघुआ शिपयार्डमा निर्माण गरिन्छ । यो अत्याधुनिक हतियार र सेन्सरको मिलन हो । यसलाई पहिलोपटक सन् २००८ मा चीनको नौसेनामा सामेल गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप