बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राती सुत्नु अघि दुध पिउनुका फाइदा

मङ्गलबार, २३ कात्तिक २०७८, १५ : ००
मङ्गलबार, २३ कात्तिक २०७८

मिठो निद्राका लागि :

दुधमा ट्रिप्टोफेन र बायोएक्टिभ पेप्टाइड्स हुन्छन् जसले मिठो निद्रामा सघाउ पुर्याउँछ । तनावबाट टाढै बस्न चाहनुहुन्छ भने सुत्नुअघि एक गिलास दुध पिउन सक्नुहुन्छ ।

तौल घटाउन सघाउँछः

तौल बढ्ने हो कि भन्ने चिन्ता नगरिकनै तपाईं राती सुत्नु अघि एक गिलास मनतातो दुध पिउन सक्नुहुन्छ । यसले तपाईंलाई राती लाग्ने भोक र जथाभावी खाने बानीबाट छुटकारा दिलाउने गर्छ ।

स्वस्थ हड्डीको निर्माणः

दुधमा भिटामिन डीको मात्रा स्वस्थ हड्डीको निर्माणका लागि अत्यन्त जरुरी छ । दुध पिउँदा शरीरमा भिटामिन डी र क्याल्सियमको कमी पूरा हुन्छ ।

छालालाई स्वस्थ राख्छः

नियमित रुपमा दुधको सेवनले छालालाई जवान राख्न सहयोग गर्छ । दुधमा भिटामिट बी१२ हुन्छ जसले छालाको लोच र कोलेजनको क्षतीलाई रोक्न मद्दत गर्नसक्छ ।

ऊर्जा प्रदान गर्छः

राती सुत्नुअघि मनतातो दुध पिउँदा तपाईं भोलिपल्ट बिहान ऊर्जावान् महसुस गर्न सक्नुहुन्छ ।

तनावको स्तर कम गराउँछः

दुधमा पाइने लेक्टियम नामक प्रोटिनले रक्तचापलाई नियन्त्रित गरेर मांसपेशीलाई आराम दिएर तनावका बेला शरीरले निकालेको हर्मोन कोर्टिसोलको स्तरलाई कम गरेर शरीरलाई आराम पुर्याउँछ ।

कोलेस्ट्रोल नियन्त्रित गर्छः

तर काटेको दुध पिउँदा कोलेस्ट्रोलको स्तर कम हुनसक्छ । दुधमा हुने प्रोटिनले खराब कोलेस्ट्रोल (एलडीएल) लाई कम गर्छ र राम्रो कोलेस्ट्रोल (एचडीएल) लाई बढाउने गर्छ ।

पाचनमा सुधारः

दुधमा जब मह मिसाइन्स तब यसले प्रिबायोटिकको रुपमा काम गर्छ जहाँ राम्रो ब्याक्टेरियाले आन्द्रामा रोग पैदा गर्ने खराब ब्याक्टेरियालाई नष्ट गरिदिने गर्छ ।

चिसो, रुघालाई टाढै राख्छः

राती थोरै बेसार मिसाएर तयार गरिएको तातो दुध पिउँदा चिसो र खोकीको लक्षणलाई टाढा राख्न मद्दत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप