शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जाडो मौसममा हाड–जोर्नी दुख्ने समस्या बढ्छ, यी पाँच तरिकाले दिनेछ राहत

बुधबार, २४ कात्तिक २०७८, १३ : ०१
बुधबार, २४ कात्तिक २०७८

चिसो मौसममा केही मानिसलाई हड्डी र जोर्नीमा असाध्यै पीडा हुन्छ । बाथको समस्याबाट पीडित मानिसका लागि यो समय निकै कठिन हुन्छ । तापक्रम कम हुने बित्तिकै जोर्नी कडा हुन थाल्छन् र हड्डी दुख्न सुरु हुन्छ । उमेर ढल्किसकेकाहरुलाई त उठ्न बस्न नै समस्या हुन्छ । डाक्टरका अनुसार चिसो मौसममा केही टिप्सले बाथ रोगीलाई राहत दिन सक्छ ।

शरीरलाई न्यानो राख्नुहोस्ः

यो मौसममा बाथ रोगी निकै सम्हालिएर बस्नुपर्छ । आफ्नो पूरा शरीरलाई न्यानो कपडाले ढाकेर राख्नुहोस् । शरीर तातो हुँदा जोर्नी दुखाई कम हुन्छ । हात र घुँडालाई थप कपडाले ढाक्नुहोस् । मोजा लगाउनुहोस् । चिसोमा यस्ता सावधानी अपनाउँदा बाथमा राहत दिन्छ ।

पर्याप्त पानीः

हामीलाई चिसो मौसममा कम प्यास लाग्छ तर यसको अर्थ यो होइन कि हाम्रो शरीरलाई पनि पानीको कम आवश्यकता हुन्छ । कुनै पनि मौसममा शरीरमा पानीको कमी हुनु हुँदैन । पानीले शरीरलाई हाइड्रेट राख्छ जसका कारण हाम्रो शरीर बढी सक्रिय रहन्छ । तपाईं चाहनुहुन्छ भने विभिन्न खालका सूपले पनि शरीरलाई हाइड्रेट राख्न सक्नुहुन्छ ।

तौल नियन्त्रण गर्नुहोस्ः

मोटोपना र बढी तौल भएका कारण पनि मानिसहरु कम सक्रिय हुन्छन् । बाथ रोगद्वारा पीडितहरुले आफ्नो तौल सधैं नियन्त्रण गर्नुपर्छ । आवश्यक परे तौल घटाउन पनि सुरु गर्नुपर्छ । यसका लागि तपाईंले कार्डियो, तौल कम गर्ने तालिम र विशेष खान्कीको मद्दत लिन सक्नुहुन्छ । शरीरको भारको पूरा असर हाम्रो जोर्नी र हड्डीमा पर्छ । त्यसैले यसमा कुनै पनि असावधानी अपनाउनु हुँदैन ।

तातो पानीले नुहाउनुहोस्ः

चिसो मौसममा तातो पानीले नुहाउँदा पनि ठूलो राहत मिल्छ । आर्थराइटिस फाउन्डेशनका अनुसार तातो पानीले बाथ रोगका बिरामीलाई निकै राहत पुर्याउँछ । यसले तपाईंको जोर्नी र मांसपेशीले आराम प्रदान गर्छ । स्मरण रहोस्, तपाईंको शरीरको तापक्रम साधारण हुन समय लाग्छ त्यसैले चिसो मौसमबाट निस्किएर तुरुन्त तातो पानीले नुहाउने गल्ती भने नगर्नुहोस् ।

भिटामिन डीः

चिसो मौसममा भिटामिन डीको कमी हुँदा हाम्रो शरीर दुखाईप्रति बढी संवेदनशील हुन्छ । भिटामिन डीको कमीले तपाईं अस्टियोपरोसिस रोगको शिकार पनि हुनसक्नुहुन्छ । त्यसैले चिसो मौसममा केही बेर घाममा बस्ने प्रयास गर्नुहोस् । दिनमा १५ मिनेट मात्रै घाममा बस्दा शरीरले पर्याप्त मात्रामा भिटामिन डी पाउँछ । यसका लागि तपाईं अण्डा, च्याउ, माछा, दुध र दुग्धजन्य पदार्थको सेवन पनि गर्न सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप