‘रियल मी जिटी नियो २’ सार्वजनिक
स्मार्ट फोन ब्रान्ड रियल मीले नेपाली बजारमा फागसिप किलर ‘रियल मी जिटी नियो २’ ल्याएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले उक्त स्मार्ट फोन सार्वजनिक गरेको हो ।
रियल मी जिटी नियो २, ८ जिबी ¥याम र १२८ जिबी रोम स्टोरेजका साथमा आएको छ । ५ हजार एचएएच् ब्याट्रीको पावरमा उपलब्ध फोनले हालसम्मकै पहिलो पटक रियल मी जिटी नियो २ मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।
उक्त ब्याट्रीले ६५ वाट सुपरडार्ट चार्जिङलाई सपोर्ट गर्ने हुनाले मात्र ३६ मिनेटमा फोन फुल चार्ज हुने कम्पनीले जनाएको छ । उच्च प्रविधि र क्षमताले फोनलाई किफायतीका साथै गेमिङ मैत्री समेत बनाएको कम्पनीले जनाएको छ ।
तीन भेरियन्टमा उपलब्ध रियल मी जिटीको मूल्य ५४ हजार १९९ तोकिएको र शुरूका ग्राहकहरुले तोकिएको भन्दा तीन हजार रुपैयाँ कम मूल्यमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)