शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा पनि धुमधामका साथ मनाइयो छठ पर्व (तस्बिरहरु)

बुधबार, २४ कात्तिक २०७८, १९ : १६
बुधबार, २४ कात्तिक २०७८

समाजमा जातीय सद्भावको सन्देश दिने पर्व छठलाई विराटनगरमा पनि धुमधामका साथ मनाइएको छ । ब्रतालुहरु जुनसूकै जातका भए पनि एउटै कुण्ड, तलाउ, पोखरी तथा नदी किनारमा भेला भएर मनाइने भएकाले यो पर्वले समाजमा जातीय सद्भावको सन्देश दिने गर्दछ ।

बुधबार विराटनगरको सिंघिया, केसेलिया, सुनसरी मोरङ सिंचाई आयोजनाको नहर, विभिन्न पोखरी तथा जलाशयमा बसेका ब्रतालुले अस्ताउँदो सूर्यको आराधना गर्दै यो पर्व मनाएका छन् । छठ पर्वको अन्तिम दिन अर्थात् भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रत समापन गरिन्छ । जलाशय तथा नदी किनारमा बनाइएका घाटमा बसेका ब्रतालुले छठी मातालाई अर्पण गर्न स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट सजाएर राखेका छन् ।

आज रातभर ब्रतालुहरु जलाशय छेउकै घाटमा जाग्राम बसेर उपासना गर्दछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप