मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेह नियन्त्रण गर्नमा अचूक उपाय हो तेजपत्ता, यसरी सेवन गर्दा फाइदा पुग्ने

बिहीबार, २५ कात्तिक २०७८, १० : २९
बिहीबार, २५ कात्तिक २०७८

खानाको स्वाद र सुगन्धका लागि तेजपत्ताको प्रयोग गरिन्छ । तर तेजपत्ताले खानाको स्वाद मात्रै बढाउने होइन यसमा भएको पोषक तत्वले तपाईंलाई थुप्रै रोगबाट पनि जोगाउँछ । तेजपत्तामा एन्टीअक्सिडेन्ट, कपर, क्याल्सियम र आइरनको मात्रा हुन्छ । यस्तै यसमा पाइने पोलिफेनालले रगतमा चिनीको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्छ । तेजपत्ताको सेवन नियमित रुपमा गर्ने हो भने यसले तपाईंलाई फाइदा गर्ने गर्छ ।

ब्लड सुगर हुनेछ नियन्त्रणः

आयुर्वेदका अनुसार तेजपत्ताले ग्लूकोजको स्तरलाई प्राकृतिक रुपमा नै कम गर्छ । यसमा फाइटोकेमिकल्स हुन्छन् जसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने गर्छ । यसको सेवनले शरीरमा इन्सुलिनको स्तर र ग्लूकोज मेटाबोलिजमलाई उत्कृष्ट बनाउन मद्दत गर्छ । यसले मधुमहेका बिरामीमा इन्सुलिनको बढ्दो–घट्दो मात्रालाई मिलाउने काम गर्छ ।

संक्रमणबाट जोगाउँछः

तेजपत्ताले मेटाबोलिजमलाई बुस्ट गर्ने गर्छ र शरीरमा अतिरिक्त बोसोलाई कम गरेर तनावको स्तरलाई पनि कम गर्न मद्दत गर्छ । यसमा भएको भिटामिन सी र एन्टी ब्याक्टेरियल गुणले तपाईंलाई विभिन्न प्रकारको संक्रमणबाट जोगाउने गर्छ ।

पाचन क्रियामा सहयोगः

तेजपत्तामा भिटामिन ए र भिटामिन सी पाइन्छ । यसले आँखालाई स्वस्थ राख्ने काम गर्छ भने ह्वाइट ब्लड सेल्सको संख्या बढाउन मद्दत गर्छ । यसका साथै यसले पाचनक्रियालाई पनि राम्रो बनाउने काम गर्छ ।

यसरी गर्नुहोस् प्रयोगः

तेजपत्ताको सेवन विभिन्न तरिकाले गर्न सकिन्छ । तपाईं सूप, भात, पुलाउ, खाल वा तरकारीमा तेजपत्ता प्रयोग गर्न सक्नुहुन्छ । यसबाहेक बिहान खाली पेटमा तेजपत्ताको सेवनले पनि तपाईंलाई फाइदा पुर्याउनेछ । यसका लागि एलोभेर जुसका साथै थोरै बेसार तेजपात पिसेर मिसाउनुहोस् र यसलाई खानुहोस् । यसले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ । तपाईं यसको चिया पनि पिउन सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप