शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

बिहीबार, २५ कात्तिक २०७८, १० : ३०
बिहीबार, २५ कात्तिक २०७८

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री दर ११९.३२ र खरिद दर ११८.७२ रुपैयाँ तोकेको छ । यस्तै, यूरोको बिक्री दर १३८.१९ र खरिद दर १३७.५० तथा पाउण्डको बिक्रीदर १६१.५१ र खरिद दर १६०.७० रुपैयाँ तोकेको छ ।

८८.५५ रुपैयाँ बिक्रीदर कायम भएको सिंगापुर डलरको खरिद दर ८८.१० रुपैयाँ छ । यस्तै, १० जापानी येनको खरिददर १०.५४ रुपैयाँ हुँदा बिक्री दर १०.४९ रुपैयाँ छ । चिनियाँ युवानको बिक्रीदर १८.६७ र खरिददर १८.५८ रुपैयाँ तथा साउदी रियालको बिक्री दर ३१.८१ रुपैयाँ र खरिद दर ३१.६५ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

कतारी रियालको बिक्री दर ३२.७७ रुपैयाँ र खरिद दर ३२.६१ रुपैयाँ तथा संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२.४९ र खरिद दर ३२.३२ रुपैयाँ छ । यस्तै, आज मलेसियन रिंगटको बिक्री दर २८.७३ र खरिद दर २८.५८ रुपैयाँ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप