यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११८.९२ र बिक्रीदर ११९.५२ रुपैयाँ तोकेको छ । यस्तै, यूरोको खरिददर १३६.३५ र बिक्रीदर १३७.४ तथा पाउण्डको खरिददर १५९.२९ र बिक्रीदर १६०.१० रुपैयाँ तोकेको छ ।
केन्द्रीय बैंकका अनुसार आज ८७.९३ रुपैयाँ खरिददर कायम भएको सिंगापुर डलरको बिक्रीदर ८८.१८ रुपैयाँ छ । यस्तै, १० जापानी येनको खरिददर १०.४३ रुपैयाँ हुँदा बिक्रीदर १०.४८ रुपैयाँ छ । चिनियाँ युआनको खरिददर १८.५८ र बिक्रीदर १८.६७ रुपैयाँ तथा साउदी रियालको खरिददर ३१.७१ रुपैयाँ र बिक्रीदर ३१.८७ रुपैयाँ कायम भएको गरिएको छ ।
कतारी रियालको खरिददर ३२.६६ रुपैयाँ र बिक्रीदर ३२.८३ रुपैयाँ तथा यूएई दिरामको खरिददर ३२.३८ र बिक्रीदर ३२.५४ रुपैयाँ छ । यस्तै, आज मलेसियन रिंगटको खरिददर २८.५३ र बिक्रीदर २८.६८ रुपैयाँ तोकिएको छ ।
आजका लागि कोरियन वन १०० को खरिददर १०.६ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ तोकिएको छ भने कुबेती दिनार एकको खरिददर ३९३.६१ पैसा र बिक्रीदर २९५.५९ पैसा निर्धारण गरिएको छ । बहराइन दिनार एकको खरिददर ३१५.४१ रुपैयाँ र बिक्रीदर ३१७ रुपैयाँ कायम गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग