शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिकटेन्स्टाइनको पोस्टमा जर्मनीको ९ गोल

शुक्रबार, २६ कात्तिक २०७८, १० : ४१
शुक्रबार, २६ कात्तिक २०७८

जर्मनी १० खेलाडीका सिमित लिकटेन्स्टाइनलाई विश्वकप छनोटमा ९–० ले पराजित गरेको छ । यसअघि नै कतार विश्वकपका लागि छनोट भइसकेको जर्मनीले हान्सी फ्लिकले प्रशिक्षणमा लगातार ६ खेल जितेको हो ।  डिफेन्डर निकलास सुलेलाई कोभिड संक्रमण भएपछि फ्लिकले टोलीमा ५ खेलाडी परिवर्तन गरेका थिए ।

घरेलु मैदानमा जर्मनीलाई जित दिलाउने क्रममा थोमर मुलर र लिरोय साने दुबैले १०–१० गोल गरे । खेल सुरु भएको १० मिनेटभित्रै लियोन गोरेट्ज्कालाई टाउकोमा फल गरेपछि छजेन्स होफर रातो कार्ड खाँदै बाहिरिए । त्यसपछि प्राप्त पेनाल्टीलाई म्यानचेस्टर सिटीका इल्के गुन्डोगानले गोलमा परिणत गरे । 

खेलको २० औं मिनेटमा डेनियल कौफम्यानले आत्मघाती गोल गरेपछि लिकटेन्स्टाइन थप दबाबमा प¥यो । २२ औं मिनेटमा लिरोय साने र २३ औं मिनेटमा मार्को रिअसले गोल गर्दा जर्मनीले पहिलो हाफमै ४–० को अग्रता लियो । 
दोस्रो हाफमा जर्मनीले थप ५ गोल गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप