शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोनापछि प्रदूषणको कहर, हुनसक्छ लकडाउन

शनिबार, २७ कात्तिक २०७८, १५ : १२
शनिबार, २७ कात्तिक २०७८

दिल्ली एनसिआरमा बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै भारतको सर्वोच्च अदालतले कडा आदेश दिएको छ । शनिबार प्रदूषणबारे सुनुवाइका दौरान सर्वोच्चले लकडाउनबारे विचार गर्नुपर्ने जनाएको छ । दुई दिनको लकडाउनको उपाय अपनाउनुपर्ने हुनसक्ने सर्वोच्चले जनाएको छ । 

पराल जलाउने, दिल्लीका उद्योग, पटाका र धुलाको कारण प्रदूषण बढेको जनाइएको छ । प्रदूषणका कारण निम्तिएको आपतकालीन स्थितिलाई समाप्त पार्नका लागि के फैसला गर्न सकिन्छ भन्ने विषयमा सोमबारसम्म जानकारी दिन अदालतले केन्द्र सरकारलाई निर्देशन दिएको छ । 

राज्यले कडा कदम उठाउनुपर्ने हुनसक्छ : सोलिसिटर जनरल 

सुनुवाइका दौरान सर्वोच्चले राजधानी दिल्लीमा प्रदूषणको हालत खराब रहेको जनाएको छ । मानिसहरु घरभित्रै मास्क लगाउन बाध्य हुँदै गएको सर्वोच्चले जनाएको छ । सोलिसिटर जनरलले पराल जलाइएका कारण दिल्ली–एनसिआरमा प्रदूषण बढेको बताएका छन् ।

यसलाई रोक्नका लागि राज्यहरुले कडा कदम उठाउनुपर्ने सर्वोच्चले जनाएको छ । सर्वोच्चका अनुसार किसानहरुलाई जरिवाना लगाउनुपर्ने हुनसक्छ । सर्वोच्चले यस विषयमा शनिबारै बैठक बसेर आपतकालिन कदम चाल्न सरकारलाई आदेश दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप