शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यौन व्यवसायीबाट सिरियल किलर बनेकी महिला, जसले लिइन् ग्राहकको ज्यान

शनिबार, २७ कात्तिक २०७८, १६ : ५६
शनिबार, २७ कात्तिक २०७८

मृत्युपछि एलिन वुर्नोस फेरि अहिले चर्चामा छिन् । नेटफ्लिक्समा आएको नयाँ सिरियलले उनलाई चर्चामा तानेको हो । यौनकर्मी रहेकी एलिनले आफ्ना सातजना ग्राहकलाई गोली हानेर मारेकी थिइन् । यस हत्याकाण्डको सजाय स्वरुप उनले मृत्युदण्ड पाइसकेकी छिन् । फिल्म प्रदर्शनमा आएपछि मानिसहरुले उनीप्रति फेरि सहानुभूति देखाएका छन् । एलिनको कथालाई गलत तरिकाले देखाइएको उनीहरुको दाबी छ । 

१९५६ मा जन्म 

एलिन वुर्नोसको जन्म १९५६ मा अमेरिकाको मिचिगन राज्यमा भएको थियो । उनी जन्मनुअघि नै बाबु आमाले डिभोर्स गरिसकेका थिए । जब उनी चार वर्षकी थिइन्, त्यतिबेला उनका भाइलाई हजुरबा–हजुरआमासँग बस्नका लागि पठाइयो । किशोरावस्थामै उनले स्कुल छाडिन् र देह व्यापारमा संलग्न भइन् । 

गोली हानेर ७ जनाको हत्या
रिपोर्टअनुसार १९८९–१९९० मा फ्लोरिडामा एलिनले गोली हानेर सात जनाको हत्या गरिन् । उनीहरुले एलिनसँग जबर्जस्ती सम्बन्ध बनाउन खोजेको र त्यसक्रममा एलिनले आत्मरक्षाका लागि गोली चलाएको दाबी गरिएको थियो । यी सातजना उनीसामु ग्राहक बनेर आएका थिए । 

लामो सुनुवाइपछि अन्तत अदालतले एलिन वुर्नोसलाई ७ जना पूरुषहरुमध्ये ६ जनाको हत्या आरोपमा दोषी ठहर ग¥यो । उनलाई मृत्युदण्डको सजाय सुनाइयो । र, २००२ मा विषालु इन्जेक्सन लगाएर मारियो । 

१९ वर्ष पुरानो घटना कसरी चर्चा ?

एलिन वुर्नोसको मृत्युको १९ वर्षपछि बनेको एउटा फिल्मका कारण उनको नाम फेरि चर्चामा आयो । नेट्फ्लिक्समार्फत रिलिज गरिएको ‘ट्रु क्राइम शो’ को दोस्रो एपिसोडमा एलिनको अपराधसँग जोडिएका घटनाहरु देखाइएको छ । यसबारे धेरै प्रयोगकर्ताहरूले ट्वीटरमार्फत प्रतिक्रिया जनाइरहेका छन् । आफूमाथि गलत व्यवहार भएकाले उनले ७ जनाको हत्या गरेको प्रयोगकर्ताहरूको टिप्पणी छ । 

के छ पुलिस रेकर्ड ?

प्रहरी दस्तावेजहरूका अनुसार हत्याभन्दा पहिले पनि एलिन धेरैपटक पक्राउ परिसकेकी थिइन् । उनीविरुद्ध डकैती, कार चोरी, पक्राउको विरोध, जालसाजी, नशामा गाडी कुदाउनेलगायत धेरै मुद्दाहरु थिए । उनीसँग एउटा बन्दुक पनि थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप