शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वरिष्ठ गायिका ज्ञानु राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

शनिबार, २७ कात्तिक २०७८, २१ : ४८
शनिबार, २७ कात्तिक २०७८

वरिष्ठ गायिका ज्ञानु राणा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएकी छन् । शुक्रबार साँझ सम्पन्न ‘साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा राणालाई नगद रु.१७,६९६ सहित सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिओओ बलदेव थापा, अवार्ड कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा लगायतले राणालाई सम्मान प्रदान गरेका थिए ।

‘नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रवद्र्धन हाम्रो अभियान’ नाराका साथ अर्थ नेपाल प्रालिले आयोजनामा गरेको अवार्ड समारोहमा पत्रकार विदुर गिरी ‘सगरमाथा कला पत्रकारिता रजत सम्मान’ नगद रु. ८८४८ सहित सम्मानित भए ।

काठमाडौंको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा सगरमाथा कला पत्रकारिता सम्मान कृष्ण भुषाल, विष्णु सुवेदी, सुमन पण्डित र शिवराम भण्डारीले प्राप्त गर्दा गायिका रमिला न्यौपाने, प्रकाश दुतराज, निशु झा, डब्बु क्षेत्री, लोकराज अधिकारी, सुरेन्द्र महर्जन,  रञ्जना कार्की, दुर्गा काफ्ले र गोविन्द कंडेल, माधव खरेल लगायतले सगरमाथा कला सम्मान हात पारे ।

पप, आधुनिक, लोक र फिल्मका गीतसंगीत समेटेर आयोजना भएको अवार्डमा थुप्रै श्रष्ठा र उनीहरुको श्रृजनाले समेत अवार्ड हात पारेको थियो । गीत संगीतका थुप्रै ब्यक्तिको उपस्थीति रहेको कार्यक्रमलाई मेगा टिभीबाट समेत प्रत्यक्ष प्रसारण भएको थियो ।

को–को ले पाए अवार्ड ?
राष्ट्रिय भाव
१. सर्वोत्कृष्ट राष्ट्रिय भाव गायक नितिन गजुरेल– म जन्मेको देश
२. सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतकार टेक तामाङ– नेपाल आमा
चलचित्र
३. सर्वोत्कृष्ट गायक – निशान भट्टराई  (मेरो माया के हो) 
४.सर्वोत्कृष्ट गायिका  – जिना रसाइली (कुन मायाको साइनो) 
५.सर्वोत्कृष्ट गीतकार  – अर्जुन भट्टराई (जीवन जात्रा हा)े 
६.सर्वोत्कृष्ट संगीतकार – दीपक शर्मा (माया जदो)
आधुनिक
७.सर्वोत्कृष्ट गायक– कन्यैया सिंह– जुन गीत सुनेर
८.सर्वोत्कृष्ट गायक– जुरी रामभक्त जोजिजु – मायालाई ढाका पछ्यौरी
९.सर्वोत्कृष्ट गायक–  पब्लिक च्वाइस कौशलराज खड्का–  यति धेरै माया 
१०.सर्वोत्कृष्ट गायिका–  विद्या तिवारी– तिन पाते
११. सर्वोत्कृष्ट गायिका  जुरी –  मञ्जु थापा– माया मुरी मुरी 
१२. सर्वोत्कृष्ट गीतकार पुरुष – चन्द्र प्रसाई परिस्कृत  –पुरानो घाउ
१३. सर्वोत्कृष्ट गीतकार पुरुष जुरी–  भीष्मराज फुलारा– म मरे भने
१४.सर्वोत्कृष्ट गीतकार पुरुष पब्लिक च्वाइस– कमलराज केसी– कसको मुटु कति दुख्छ ?
१५.सर्वोत्कृष्ट गीतकार महिला– पुष्पा खनाल– माया केवल
१६.सर्वोत्कृष्ट  गीतकार महिला– डायस्पोरा सावु रवि– अरुको बन्न सकिन
१७.सर्वोत्कृष्ट नव गीतकार–  विवि थापा क्षितिज –जीन्दगीको लामो बाटो
१८. सर्वोत्कृष्ट संगितकार– सन्तोष श्रेष्ठ– जुन गीत सुनेर
१९. सर्वोत्कृष्ट संगितकार– जुरी सरोज कोइराला – क्या बात
पप
२०. सर्वोत्कृष्ट गायक– सचिन रौनियार–  कुकुकु
२१.सर्वोत्कृष्ट गायक पपुलर– समिर आचार्य– झम्के माया
२२.सर्वोत्कृष्ट गायिका– सृजना कार्की– फर्किन नसकेको माया
२३.सर्वोत्कृष्ट गायिका–  पब्लिक च्वाइस  सारिका घिमिरे– घिन्ताङ घिन्ताङ
२४. सर्वोत्कृष्ट  गायिका– जुरी एन्जिला गौचन– काली माया
२५.सर्वोत्कृष्ट गीतकार– तारा अधिकारी– जुलेलीमा
२६.सर्वोत्कृष्ट गीतकार  पब्लिक च्वाइस किरण घिमिरे– माया किन मोडियो
२७. सर्वोत्कृष्ट संगीतकार राजेन्द्र भट्ट– सारै हेपी मुनाले
पप/आधुनिक
२८. सर्वोत्कृष्ट नव गायक आर्यन शाही ठकुरी– अति भो
२९. सर्वोत्कृष्ट नव गायिका– मीना कार्की– शिरफुल
३०.सर्वोत्कृष्ट युगल गायन – गुणराज श्रेष्ठ र अस्मिता अधिकारी – दोबाटोमा चौतारी
३१.सर्वोत्कृष्ट युगल गायन– जुरी  अशोक बराल र सोनिका केसी – तातै फरर
३२. सर्वोत्कृष्ट  मोडल पुरुष –  सनम कठायत – दोष 
३३. सर्वोत्कृष्ट मोडल महिला – वर्षा सिवाकोटी – ज्यानले तिमीलाई
३४. सर्वोत्कृष्ट नव मोडल पुरुष – दिनेश कठायत – जीवन साथी
३५. सर्वोत्कृष्ट नव मोडल पुरुष  जुरी– जीवन संसार 
३६. सर्वोत्कृष्ट नव मोडल महिला– पुजानाथ– तिम्रो याद
३७. सर्वोत्कृष्ट निर्देशक– अन्जन शर्मा– दोष
३८. सर्वोत्कृष्ट छायाँकार– रविन्द्र बराल– जीन्दगीको लामो बाटो
३९.सर्वोकृष्ट नव निर्देशक– दिनेश ठकुल्ला– जसको नामको सिन्दुर 
४०. सर्वोकृष्ट सम्पादन– दिप्सन शाह– तिनपाते
४१. सर्वोकृष्ट  बाद्यवादन–  सुनिलसिंह नेपाली– बिहानी पख
४२. सर्वोत्कृष्ट एरेन्जर–  अमुल कार्की– जुन गीत सुनेर
४३. इन्करेजमेन्ट अवार्ड सुजल बम– जसलाई म आफ्नो
लोक दोहोरी
४४. सर्वोत्कृष्ट गायक– हरि गिरी – ओइ भन्यो मायाले
४५. सर्वोत्कृष्ट गायक– पपुलर  खेम सेन्चुरी– झ्यालमा पर्दा छ
४५. सर्वोत्कृष्ट गायिका– तृप्ति खड्का – तिरिरी मुरली
४६. सर्वोत्कृष्ट गायिका– पपुलर देवी घर्ती– हातमा घडी– २
४७. सर्वोत्कृष्ट शब्द– रविन लामिछाने– हातमा घडी– २
४८. सर्वोत्कृष्ट शब्द पब्लिक च्वाइस– सामाना शाह– पानी पाएपछि
४९. सर्वोत्कृष्ट लय – रामु खड्का– दुई थोपा आँशु
५०. सर्वोत्कृष्ट नव गायक–  सीताराम परियार– चल्यो बतास
५१. सर्वोत्कृष्ट नव गायिका– सुमन थापा मगर– झ्यालमा पर्दा छ
५२. सर्वोत्कृष्ट नव गायिका पब्लिक च्वाइस – जानुका तामाङ्ग– उखु गुलियो 
५३. सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायक– चिज गुरुङ
५४. सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका– सपना रोक्का
५५. सर्वोत्कृष्ट मोडल महिला अभिनय– उषा सुवेदी – दुई दिन हँसायो
५६.सर्वोत्कृष्ट मोडल महिला नृत्य– रीना थापा मगर– गोठाले दाई
५७. सर्वोत्कृष्ट मोडल पुरुष– महेन्द्र गौतम – मुसुमुसु हाँसेर
५८. सर्वोत्कृष्ट नव मोडल महिला– जुना गुरुङ– माया के रैछ
५९. सर्वोत्कृष्ट नव मोडल पुरुष– राजेन्द्र मगर– हाम्रो अर्घाखाची
६०. सर्वोत्कृष्ट छायाँकार– करण चैसिर– कपालु कोरेर
६१. सर्वोत्कृष्ट सम्पादन– प्रकाश धमला– पानको दुकान
६२. सर्वोत्कृष्ट निर्देशक– विक्रम चौहान– एनि बरै
६३. सर्वोत्कृष्ट नव निर्देशक– निशान बानियाँ – अतित
६४. सर्वोत्कृष्ट कोरियोग्राफर– शम्भु शाही – हाम्रो फोटो हिट
६५. सर्वोत्कृष्ट एरेन्जर– विश्वास नेपाल– नैना रेशम
६६. सर्वोत्कृष्ट रेकर्डिष्ट– सुमन राना– मारुनी
६७. सर्वोत्कृष्ट पप गीतकार (जुरी)– होमराज श्रेष्ठ– र्घार घुर्र
६८. मौलिक गायिका निर्मला थापा मगर
६९. पपुलर गायक– रमेशराज भट्टराई
६९. सर्वोत्कृष्ट म्युजिक भिडियो– सुधा मरहठ्ठा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप