शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा कार दुर्घटनामा परी ४ भारतीय नागरिकको मृत्यु

आइतबार, २८ कात्तिक २०७८, ०७ : ११
आइतबार, २८ कात्तिक २०७८

रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको  युके १२८.२९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौक नजिकै शनिवार राती ९ बजे अनियन्त्रित भएर कार बाटो छेउतलामा​ खसेको थियो ।
 
दुर्घटना लगत्तै  प्रहरीले कारमा सवार  चारै जनालाई उद्वार गरि तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २० देखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मृतकहरुको सनाखत हुन सकेको छैन । चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

भारत बिहारमा मदिरामाथि प्रतिबन्ध लगाएकाले सिमावर्ती भारतिय बजारका मानिसहरु मदिरा सेवन गर्न गौर चन्द्रनिगाहपुर लगायतका बजारमा आउने गर्दछन् । चन्द्रनिगाहपुर बाट अत्यधिक मदिरा सेवन गरेर भारत तर्फ फर्किनेक्रममा उक्त दुर्घटना भै चारैजनाको ज्यान गएको हुनसक्ने स्थानीयहरुले अनुमान गरेका छन् ।

केहिदिन अघि मात्र बारा पथलैयाबाट मदिरा सेवन गरि फर्किनेक्रममा कार र टिपर एक आपसमा ठोकिँदा ३ जना भारत रक्सौलका युवाहरुको ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप