सर्वोच्चमा कानुन व्यवसायी भर्सेस प्रहरी, तस्बिरमा हेर्नुहोस्
आइतबार, २८ कात्तिक २०७८, १० : ३७
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेको छ । बारले बिहान १० बजेदेखि सर्वोच्च अदालतमा धर्ना दिएको हो।
बारले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न समेत अवरोध गर्दै आएको छ । शुक्रबारको धर्नामा प्रधानन्यायाधीश बारको आन्दोलनलाई छल्दै वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरेका थिए । आज बारले मुलसहित वैकल्पिक ढोकामा समेत धर्ना दिने बताएको थियो । बारको आन्दोलनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । प्रहरी र कानुन व्यवसायीबीच केही बेर घम्साघम्सीसमेत परेको थियो । यसअघि शुक्रबार भएको धर्नामा पनि तनावको अवस्था सिर्जना भएको थियो ।
यो पनि












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
