आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

४१ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

आइतबार, २८ कात्तिक २०७८, १५ : ५७
आइतबार, २८ कात्तिक २०७८

नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ४१  जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाका अनुसार आइतबार तीन बजेसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको विवरण प्राप्त भएको हो ।

उपप्रमुख थापाले केही जिल्लामा क्षेत्रगत निर्वाचन भएपनि बाँकी जिल्लामा सहमतिका आधारमा प्रतिनिधिहरू छनोट भएका हुन् । ‘उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको छ । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधिहरू चयन भएका छन्’, थापाले रातोपाटीसँग भने, ‘ प्रतिनिधि छनोट हुन बाँकी रहेका जिल्लाहरुमा सोमबारसम्म सकिने जानकारी प्राप्त भएको छ ।’  

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले भुगोलबाहेक जनसंगठन, विभाग र  विशेष कमिटी तर्फका सवै प्रतिनिधि सहमतिमा चयन भइसकेका छन् । मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनका लागि एमालेले १ हजार ९ सय ९९ प्रतिनिधि चयन गर्ने जनाएको छ । एमालेले कात्तिक ३० गते महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप